वैदिक सनातन रक्षाका लागि वौद्धिक सनातन मंचको क्रियाशीलता :


वौद्धिक सनातन मंचको आयोजनामा शनिवार वैदिक सनातन नेपालको उपादयता बारेमा विद्वानहरु बीच विचार मन्थन गरियो।
ब्रह्मानन्द सरस्वती ग्राम, दक्षिणकाली-१ मा आयोजित विशेष अन्तर्क्रियामा नेपाल वैदिक परम्परा र संस्कृतिको आधारभूमी भएकाले यसको रक्षाका लागि नेपालले नै अगुवाई लिन सक्ने कुरामा जोड दिइयो। महर्षि महेश योगीले ५० वर्ष पहिले नै नेपालमा विशाल यज्ञको आयोजना गर्दै नेपालले यस विषयलाई नेतृत्व गर्न सक्छ भनेर विश्वव्यापी सार्वजनिक गर्नुभएको सन्देशलाई समेत स्मरण गर्दै वेदले नेपालमात्र नभई विश्वकै लागि ज्ञान,विज्ञान, यन्त्रदेखि सामाजिक संयन्त्रका सबै पक्षको परिकल्पना र उजागर गरेको उल्लेख गरियो। वौद्धिक सनातन मंचका अध्यक्ष डा लक्ष्मी प्रसाद खतिवडाले वेद श्रुति प्रणालीबाट आएको र यस भित्र भाषा,भूगोल,गणित,जीव,बनस्पति, विज्ञान,खगोल शास्त्र सबै कुराको रहस्य र तथ्य रहेको बताउनुभयो। जनराज्य, गणराज्यदेखि वर्तमान राजनीतिक व्यवस्थाका आधारहरूलाई वेदले पहिले नै व्याख्या गरेको जानकारी गराउनुभयो। “उबेला पनि भूराजनीति,मित्र राज्य,सत्रु राज्य,विभिन्न प्रकारका सन्धि,राज्य संचालन पद्धति, राज्य संचालनमा नागरिक र संचालक दुबैको धर्म हुने कुरा उल्लेख थियो ” डा खतिवडाले नेपाल वैदिक सनातन हिन्दू राष्ट्र बनाउन चुनौतीहरू सामना गर्नुपर्ने अवस्था आएको बताउनुभयो। श्रुति र अलिखित साहित्य समेत खोजेर नेपालले बैदिक अस्तित्व स्थापित गराउनुपर्छ, सर्व धर्म समभाव भित्र रहेर सानातन धर्मको अस्तित्व बचाउनुपर्छ भन्ने कुरामा उहाँको विचार लक्षित थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल महर्षि वैदिक फाउन्डेसन अध्यक्ष दिपक प्रकाश बाँस्कोटाले ध्यान,ज्ञान,यज्ञ र योगाले विश्वशान्ति कायम हुने कुरा विज्ञान सम्मत तथ्य साबित भैसकेकाले यसलाई उच्च प्राथमिकतामा राखेर शान्ति र धर्म दुबैको रक्षा हुन सक्ने बताउनुभयो।
डा. उद्धव सिग्देल, प्रा. डा. माधवप्रसाद पाण्डेय, सनातन संयुक्त मोर्चाका सह- महासचिव ताराप्रसाद अर्याल र भावातीत ध्यान शिक्षक अभिमन्यू नेपाल पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा. प्रेमनारायण अर्याल, शिक्षाविद् प्रा, डा. विद्यानाथ कोइराला, संस्कृतिविद् प्रा. डा. वीणा पेोड्याल, वेदविज्ञ प्रा. डा. आनन्दप्रसाद घिमिरे, प्रा. डा. कुमार कोइराला, प्रा. डा. राजकुमार भट्टराई, भावातीत ध्यान शिक्षक माधवप्रसाद अर्याल, डा. चिन्तामणिनाथ योगी, नेपाली सेनाका पूर्व उपरथि होमनाथ दवाडी, प्रा. डा. भागवत ढकाल. सनातन संयुक्त मोर्चाका उपाध्यक्ष शङ्कर मल्ल ठकुरी, वरिष्ठ अधिवक्ता त्रय पुण्यप्रसाद अर्याल , डा. पुण्यप्रसाद खतिवडा र उत्तमबहादुर श्रेष्ठ ,प्रा.अनन्तगोपाल रिसाल, पत्रकारद्वय शिरोमणि दवाडी र ठमनाथ घिमिरे, डा. रवीन्द्र शिवाकोटी, डा. रघुनाथ अधिकारी, प्रा. डिल्लीराम गेोतम, सह- प्रा. दीननाथ पण्डितलगायत व्यक्तित्वहरूबाट शीर्षककेन्द्रित विचार प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले नेपाल वैदिक सनातन परम्पराको मुख्य आधार,देवभूमी,तपोभूमि भएर पनि नेपालले धर्म,संस्कृति,परम्परा जोगाउन नसकेकोमा चिन्ता ब्यक्त गर्दै सबै एक जुट भएर नयाँ पुस्ताको चाहना र रुचिलाई बुझ्दै वैदिक अस्तित्व रक्षामा केन्द्रित हुन एकतावद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो। प्राय: सबै बक्ताले धर्म शास्त्रका रहस्यमय ज्ञानलाई आत्मसात गर्दै नेपालले आफ्नो धार्मिक तथा सांस्कतिक रक्षाका लागि विश्वमा नै नेतृत्वदायी भूमिका खेल्न सक्ने र खेल्नुपर्ने कुरामा आफ्नो तर्क केन्द्रित गर्नुभएको थियो
कार्यक्रममा अतिथि बक्ताका रुपमा प्रस्तुत हुनुभएका कृषि वैज्ञानिक राजा कनहाउस, डा. निल पेटरशन, डा. किन्स्ली ब्रुक्स, योगी महेशले वेद र उपनिशादका ज्ञाता रहेका महर्षि महेश योगीले सुरु गर्नुभएको स्वस्थ र समृद्ध जीवनका लागि वैदिक जीवन शैली र वैदिक कृषि प्रणालीलाई आधार मानेर अघि बढ्न सकेमा मानवको कल्याण हुने धारणा राख्नुभएको थियो। आत्मा, चेतनाको शुद्धिकरणका लागि योग, ध्यानको साधना र सात्विक जीवन शैली मुख्य आधार रहनेमा जोड दिनुभएको थियो।
आध्यात्मिक चेतनायुक्त कविता वाचन गर्दै टिप्पणी सहित भारत राज पौडेलले रोचक ढंगबाट कार्यक्रम संचालन गर्नुभएको थियो।