Wednesday 11th March 2026

अतिरुद्र महायज्ञको समिक्षा र मूल्यांकन कार्यक्रम सम्पन्न :

गत कार्तिकमा सम्पन्न अतिरुद्र महायज्ञ २०८१ को विशेषाङ्कबारे विचारविमर्श तथा वितरण कार्यक्रम सम्पन्न भएको छ। कुपन्डोलस्थित गुरुद्वारा सत्सङ्गभवनमा
महायज्ञ आयोजक नेपाल महर्षि वैदिक फाउण्डेसले आयोजना गरेको कार्यक्रममा महर्षिका आजीवन सदस्यहरूलाई संस्थाका तर्फबाट सदस्यताको प्रमाणपत्र प्रदान गर्नुका साथै गत वर्ष भृकुटीमण्डपको महायज्ञमा कर्ता हुनेहरूलाई विशेषाङ्क वितरण गरिएको थियो।
प्रा. भवानीप्रसाद खतिवडा र प्रा. डा. भागवत ढकालले विशेषाङ्कको समीक्षा गर्दै एउटा महत्त्वपूर्ण दस्तावेज बनेको चर्चा गर्नुभयो । प्रा. डा. विद्यानाथ कोइरालले ध्यान साधनाले मन-मस्तिष्क र शरीरलाई लाभान्वित भएको अनुभव राख्नुभयो। संस्थाका अध्यक्ष श्री दीपकप्रकाश बास्कोटाले कार्यक्रमको अेोचित्य बारे प्रकाश पार्दै महर्षि परिवारको कार्यक्रमले आफू प्रसन्न भएको बताउनुभएको थियो।संचार संयोजक समिक्षा बांस्कोटाले कार्यक्रमका बीचमा महर्षि अभियानका कार्यक्रमबारे ११ मिनेटको भिडियो प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रम – सञ्चालन भरतराज पौडेलले गर्नुभएको थियो।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...