Thursday 22nd January 2026
वीरगञ्जमा हिन्दू समाजका निर्दोष युवालाई नियन्त्रणमा लिएको घटनाप्रति २३ प्रवुद्ध नागरिकको आपत्ति

हनुमान जयन्तीको अवसरमा हिन्दू समाजद्वारा वीरगञ्जमा चैत्र ३० गते आयोजित शोभायात्रामा छपकैया नजिक मदरसाबाट गरिएको ढुंगा प्रहारको घटना प्रति २३ प्रवुद्ध नागरिकले घोर निन्दा तथा भत्सर्ना गरेका छन् ।हिन्दू राष्ट्र जागरण अभियानका तर्फबाट प्रवुद्ध नागरिकहरुले घटनाक दोषीहरुलाई तत्काल कानूनी प्रक्रिया अनुसार मुद्दा दर्ता गरी कारबाही बढाउने समाजको प्रयाससँग सहमति जनाउँदै पुनः शोभा यात्रा सञ्चालन गर्न गराउन आग्रह गरेका छन् । पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण कुृमार तिमिल्सिना, पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक विजयलाल कायस्थ, व्यवसायी बिमल कुमार केडिया, पत्रकारहरु डा. दीपेश केसी र पूर्ण प्रसाद मिश्र, विश्व हिन्दू परिषद नेपालका केशव चौलागाई र राजेन्द्र प्रसाद चौधरी, प्रबुद्ध नागरिकहरु द्रोण सुवेदी, सुदर्शन उपाध्याय, राजु बश्याल, विश्व हिन्दू महासंघका गिरिराज पाठक र रामचन्द्र तिवारी, श्री हिन्दू प्रतिष्ठानका कृष्ण लामा, प्रवुद्ध नागरिकहरु किशोरकुमार भट्टराई, चन्द्रमणी प्रसाई, घनश्याम मिश्र, आदित्य केसी, निश्चल विक्रम पौडेल, रमेश खड्का, कुलबहादुर मगरले अभियानको प्रयासमा ऐक्यवद्धता जनाएका छन् ।
अभियानका संयोजक पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली र महासचिव देवेश झासहित प्रबुद्ध वर्गले प्रष्ट प्रमाणहरु हुँदा हुँदै मस्जिदमा तोडफोड गरेको कारणबाट घटनाक्रम विकसित भएको भन्दै विज्ञप्ति मार्फत निर्दोष हिन्दू युवाहरुलाई नियन्त्रणमा लिएको प्रति गम्भीर असहमति जनाएका छन् । वीरगञ्जलगायत मधेश प्रदेशका कतिपय क्षेत्रमा यस प्रकारको घटनाक्रम बारम्बार दोहोरिदै आएकोमा पनि गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
