Saturday 11th April 2026

स्वास्थ्य मजवुत बनाउन अपनाउनुपर्ने दैनिकी

Female doctor with the stethoscope holding heart

१. विहान उठ्ने वित्तिकै मनतातो पानी पिउनुहोस् । मनतातो पानी हाम्रो शरीरमा चाँडै घुल्दछ । यसले पेट सफा राखी शरीरको बोसो
घटाउन मद्धत गर्दछ ।
२. दैनिक विहान ताजा हावामा हिड्ने वानी बसाल्नुहोस । जसले तपाइको पुरा दिन इनर्जीले भरिपर्ण हुनेछ ।
३. बिहानको खानामा अंकुरित गेडागुडी, दुध दहि, मिक्स दाल, हरियो सागसब्जी र ताजाफल समावेश गर्नु उपर्यूक्त हुन्छ ।
४. खाना खाएको ३० मिनेट अघि वा ३० मिनेट पछि मात्र पानी पिउनु लाभकारी हुन्छ ।
५. साँमmको खाना हल्का, चिल्लो, पिरो र मसला रहित खानु नै बेश हुन्छ ।
६. चाहे जुनसुकै बेलाको खाना या खाजा होस, खाएपछि १५÷२० मिनेट हिड्नु शरीरको लागि एकदमै फाइदाजनक हुन्छ ।
७. कुनैपनि किसिमको तनावलाई दिमागमा नराख्नुहोस् । दिमागमा बसेको तनावलाई बाहिर निकाल्नुहोस् ।
८. लामो श्वास लिने आदत बनाउनुहोस् ।
९. दैनिक एक समय घर परिवारसँग बसेर आपसमा हाँसखेल, दुःख सुख र अनुभव साटासाट गर्नुहोस । यसो गरेमा
पारिवारिक सन्तुलन कायम रहन्छ र परिवार लगायत आफनो पनि स्वास्थ्य राम्रो हुन्छ ।
१०. फुर्सद मिलेमा कहिलेकाँही परिवार र साथीहरुसँग घुम्न जानुहोस् ।
११. सुत्न भन्दा ३ घण्टा अगावै साँझको खाना खाने गर्नुहोस ।
१२. चाँडै सुत्ने र चाँडै उठ्ने बानीले तपाइलाई जिवन स्वस्थकर बनाउन मद्धत पुग्दछ ।

यिनै साधारण कुराहरुलाई आफ्नो दिनचर्या बनाएपनि जिवनमा स्वास्थ्यका सम्बन्धमा ठुलो लाभ हाँसिल गर्न सकिन्छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...