Thursday 12th March 2026

ॐकार परिवार पनि सडकमा, हिन्दू राष्ट्रको मागसहित जनप्रदर्शन गरिने

काठमाडौं । हिन्दू राष्ट्र पुन:स्थापनाको माग लिए ओमकार परिवार पनि सडकमा उत्रिने भएको छ । सम्पूर्ण ॐकार परिवारका धार्मिक संघसंस्थाहरूको सहभागितामा विहीबार जनप्रदर्शन गर्न लागिएको हो ।

विश्व ओमकार एकता महाअभियानद्वारा जारी विज्ञप्तिका अनुसार ‘सनातन हिन्दुराष्ट्र सहितको सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको लागि शान्तिपूर्ण धार्मिक जन प्रदर्शन’ आयोजना गरिने छ । उक्त धार्मिक जनप्रदर्शनमा ॐकार परिवारका स्वामी एवं धार्मिक गुरुहरु, अभियन्ता एवम् धर्म अनुयायीहरुको सहभागिता रहने जनाइएको छ ।

महाअभियानका संयोजक डा. चिन्तामणिनाथ योगीले विशाल सहभागितामा शान्तिपूर्ण, सभ्य एवं मर्यादित कार्यक्रम हुने बताएका छन् । जनप्रदर्शन अन्तरगत पशुपति गौशालादेखि पुरानो बानेश्वर-मैतिदेवी हुँदै रत्नपार्क शान्तिबाटिकासम्म र्याली निकाल्ने उनले जानकारी दिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...