Saturday 11th April 2026
एपेक सम्मानद्धारा उषा र हेमन्त सम्मानित
काठमाडौं ।एपेक नेपालले सोमबार काठमाडौंमा आयोजित समारोहमा ‘विश्व–ज्योति काव्य सम्मान–२०८१’ साहित्यकार उषा शेरचनलाई र ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार–२०८१’ कवि हेमन्त शिशिरलाई प्रदान गरेको छ ।
साहित्य, कला तथा सिर्जनामा सक्रिय संस्था एपेक नेपालले २६औँ वार्षिकोत्सवको अवसर पारेर दुई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।
कार्यक्रममा सम्मानकासाथ नगद राशि ५१ हजार रुपैयाँ प्रदान गरियो भने हेमन्त शिशिर लिखित पुरस्कृत पाण्डुलिपि ‘बन्द कोठाको झ्याल’ पुस्तकका रूपमा प्रकाशित गर्दै लोकार्पण समेत गरियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सर्जकहरूलाई सम्मानित गर्दै एपेकले नेपाली कला र साहित्यलाई समाजसँग जोड्दै गरेको काम उल्लेखनीय भएको बताए ।
सम्मानित साहित्यकार उषा शेरचनले अक्षरको खेती गर्नु आफ्नो धर्म र कर्म भएको बताउँदै यस पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गरिन् । पुरस्कृत कवि हेमन्त शिशिरले कविता वाचन गरे ।
एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले एपेकले साहित्य, कला र रंगमंचलाई सधैँ जोड्दै आएको बताउँदै उषा शेरचनलाई सम्मान गर्द पाउँदा संस्था आफैँ सम्मानित भएको अनुभूत भएको बताए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
