Thursday 12th March 2026

आध्यात्मिक पत्रकार समाज (आपस) को वार्षिकोत्सब सम्पन्न,

आध्यात्मिक पत्रकार समाज (आपस ) वार्षिकोत्सवको अवसरमा आज वार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। आपसले आधिकारिक प्रमाणपत्र ग्रहण गरेको दिन रामनवमीलाई (आपस) ले स्थापना दिवसका रुपमा  मनाउँदै आएको छ। दक्षिण एशियाली ज्योतिष महासंघको कार्यलय तथा आपस सम्पर्क कार्यलय काठमाण्डौ डिल्लिबजारमा आयोजित कार्यक्रममा शंखध्वनि,स्वस्ती वाचन सहित दिप प्रज्वलन गरेर वैदिक परम्परा अनुसार कार्यक्रम प्रारम्भ गरिएको थियो। सो अवसरमा नेपाल पत्रकार महासंघका प्रदेश एशिसिएटस अध्यक्ष रोयल आचार्यलाई सकृय युवा पत्रकारका रुपमा दोसल्ला ओढाइ सम्मान गरियो।


आफ्नो धारणा राख्दै उपस्थित अग्रज तथा युवा संचारकर्मीहरूले विश्व समुदायमै सकारात्मक सोच र नैतिकता सहितको पत्रकारितामा ह्रास आउँदै गएकाले आध्यात्मिक पत्रकारिताको महत्त्व बढ्दै गएकोमा जोड दिनुभयो। एसोसिएटस अध्यक्ष आचार्यले सबै बिधागत पत्रकारितासंग सम्बन्ध रहेको र सिंगो मानव हितमा महत्त्व राख्ने आध्यात्मिक पत्रकारिता प्राथमिकताको अवधारणा भएकाले नेपाली पत्राकारिता क्षेत्रमा नै यसको महत्त्व रहने उल्लेख गर्नुभयो । लेखक तथा संचारकर्मी केशब प्रसाद चौलागाईंले धर्म,कला,संस्कृति र सामाजिक मूल्य मान्यतासहितको पत्रकारिता अझै पनि मूलधारमा आउन नसकेको र प्राथमिकतामा नपारिएको गुनासो राख्नुभयो।


अनलाइन पत्रकार संघका अध्यक्ष डिल्ली सापकोटाले विधागत पत्रकारिताका क्षेत्रमा आपसले पुर्याउन सक्ने योगदान धेरै रहने भएकाले क्षमता अभिवृद्धि र पर्यटन,संस्कृतिलाई प्राथमिकतामा अन्तर्राष्ट्रिय नेटवर्कमा जोडिएर अघि बढ्न सुझाब पनि दिनुभयो ।आपसका अध्यक्ष शिरोमणि दवाडीले सकारात्मक पत्रकारितालाई जोड दिँदै सत्य र निष्पक्ष पत्रकारिताको विकासमा संस्थाले कृयाशीलता बढाउने बताउनुभयो। 


पञ्चाङ्ग निर्णायक समितिका सदस्य समेत रहनुभएका आपसका महासचिव लक्ष्मण पन्थीले आगामी वर्षको क्लालेन्डर र पात्रोमा राम नवमीका दिन आध्यात्मिक पत्रकार समाजको स्थापना समावेश गर्ने कुराको जानकारी गराउँदै आगामी दिनमा संस्थागत संरचना र गतिशीलतालाई ध्यान दिइने बताउनुभयो । संचारकर्मीहरू शिवलाल पौडेल,बि. पि. कोइराला,द्रोण पराजुली,पुरुषोत्तम बस्नेत, अनिल भण्डारी, सुशील फुँयाल, कमल टण्डन, विशाल पौडेल,राजु बस्याल,यदुनाथ गैरे,शोभा ओझा, अस्मिता,सुस्मिता र सरस्वती दाहाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। 

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...