Thursday 12th March 2026
राजावादीको प्रदर्शन : मृत्यु हुनेको सङख्या २ पुग्यो, पत्रकार जलेको अवस्थामा मृत भेटिए
काठमाडौं । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुर–४ बस्ने बर्ष २९ को सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।
यस्तै राजावादीले आगजनी गरेको काठमाडौँको तीनकुनेस्थित एक घरमा जलेर एकजना व्यक्तिको मृत्यु भएको पाइएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।
उक्त भवनमा आगो लगाइएपछि जलेर ज्यान गुमाएको अवस्थामा रजकको शव भेटिएको हो । तर जलेर मृत्यु भएका उनको शव नचिनिने अवस्थामा भेटिएको छ ।उक्त भवनमा आन्दोलनको भिडियो खिचिरहेका बेला अचानक आगलागी भएकोमा बाहिर निस्कन नपाई निसास्सिएर उनको मृत्यु भएको हो । उनी त्यहाँ थुनिएको खबर प्रहरी र काठमाडौंका सीडीओलाई गर्दा समेत उद्धार नगरिएको एभिन्युज टेलिभिजनले जनाएको छ । प्रदर्शनका क्रममा अन्य २५ जना घाइते भएका छन् । घाइते मध्ये केही सुरक्षाकर्मी पनि रहेको अस्पतालले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
