Friday 1st May 2026
कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको समर्थनमा विरोध प्रदर्शन
काठमाडौं । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरूद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघरमा प्रदर्शन गरेको छ ।बिहिबार माईतीघर मण्डलामा सरकारको कुलमान घिसिङलाई हटाउने निर्णय गलत भएको भन्दै संगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । सोही क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य खुस्बु ओलीले कुलमानलाई हटाएर सरकारले एकदमै अन्याय गरेको बताएकी छन् ।
उनीहरूले ‘लोडसेडिङ चाँहिदैन, कुलमान हटाउँन पाइदैन’, ‘मन्त्रिपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘अवस्था बदल्न व्यवस्था बदलौं’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौं’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘देशलाई अध्यारो बनाउने षडउन्त्र बिफल पारौं,’ लगायतका नारा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।
राप्रपाले कुलमानलाई हटाउने निर्णयबारे प्रधानमन्त्रीको जबाफ दिनुपर्ने माग राख्दै सदनमा पनि विरोध जनाउँदै आइरहेको छ।
गत सोमबार मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो। सको साथै प्रदर्शनमा नेपाली जनताले के भन्छ, कुलमान घिसिङ ले भन्छ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा लगाएका थिए भने भ्रष्ट सरकार खारेज गरौं, अवस्था बदल्न व्यवस्था बदलौं भनेर लेखको प्ले कार्ड बोकेका थिए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
