कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन सम्पन्न

काठमाडौँ । तीसको दशकका चर्चित कवि तीर्थ श्रेष्ठको ‘एकल कविता वाचन श्वेत शार्दूल एक यात्रा कविताको शिविरमा’ काठमाडौँमा सम्पन्न छ ।
मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रम उद्घाटन गरेपछि कवि श्रेष्ठलाई फूलमाला लगाइ दिएर पछि शुरुआत भएको थियो ।
प्रतिष्ठानका तर्फबाट स्वागत उषाकिरण भण्डारीले गरेकी थिइन् ।
कवि श्रेष्ठ मन्चमा उभिएर सबैलाई आभार व्यक्त गरेपछि दुई मुक्तकबाट कविताको खाता खोलेका थिए ।
कविताहरू प्रेमको कविता , बोन्साई, म मुक्तिनाथ, लय, अन्नपूर्ण , देशको नाम, लाहुरे फूल, म तिम्रो नाम फेर्न चाहन्छु,चराहरू,आमा,घन्टाघर,ओ काठमाडौ ,सर्पहरू,काठमाडौ,एक दिन लगायतका कविताहरू वाचन गरेका थिए । कविता वाचन कार्यक्रम करिब दुई घण्टा चलेको थियो ।
श्रेष्ठका केही गजल सङ्गीता थापाले वाचन गरेकी थिइन् ।
कवि भोजराज न्यौपानेले सञ्चालन गरेको उक्त कार्यक्रममा कवि ,गजलकार, मुक्तककार, पत्रकार र राजनीतिज्ञहरूको बाक्लो उपस्थिति रहेको थियो ।