Thursday 22nd January 2026
हङकङमा कवचद्धारा आजिवन सदस्य सम्मानित
पहिलो स्वतन्त्र नेपाली आध्यात्मिक पत्रीका ” कवच ” को हङ्कङ प्रवर्द्धनमा सहयोग गर्ने तथा आजिवन सदस्य अभियानमा बिशेष भूमिका निर्वाह गर्ने ब्यक्तित्वहरूलाई हङ्कङमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको छ।
हङकङ नेपाल हिन्दू एसोसिएसनकि अध्यक्ष गोमा देवी शर्मा,हङ्कङ एन. आर. एन.की अध्यक्ष टीका गुरुङ,हङ्कङ नेपाल व्यापार संघका अध्यक्ष प्रकाश पुन,पर्यटन तथा होटेल ब्यबसायी कमल प्रसाद पौडेल,साहित्यकार तथा कानून ब्यबसायी देब गुरुङ,ठकुरी समाजका अध्यक्ष इश्वर बिक्रम शाह,नेवार समाजका उपाध्यक्ष भेषमणी श्रेष्ठ,नमोबुद्ध आमा समूहकी कोषाध्यक्ष उत्तर गुरुङ,नेपाल महिला संघ,हङकङकी सचिब अनु राई,हङ्कङ नेपाल ब्यापार संघकी कोषाध्यक्ष झोना श्रेष्ठ,समाजसेवी सिन्धु कार्की सिलवाल लगायतका ३०जना ब्यक्तित्वहरूलाई सम्मानित गरिएको छ। सम्मानित ब्यक्तित्वहरूले कवच जस्ता पत्रीकाले नेपाली धर्म,संस्कृति,परम्परा तथा आध्यात्मिक चेतना अभिबृद्धी गर्न निकै टेवा पुर्याउने हुँदा यस्ता पत्रीकाको प्रवर्द्धन गर्नु पनि समाजसेवाकै पाटो रहेको बताउनुभयो।
कवच सम्पादक शिरोमणि दवाडीले नैतिकता र संस्कारको बाटो देखाउन यस्ता पत्रीकाको अपरिहार्यता रहेकोले नै प्रकाश गरिएको जानकारी गराउनुभयो।उहाँले सहयोग गर्ने हङकङ बासी नेपालीलाई धन्यवाद पनि दिनुभयो।
कार्यक्रम हङ्कङ स्थित हिन्दू मन्दिरमा सम्पन्न भएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
