सुनको भाउ सामान्य बढ्दा चाँदी स्थिर

काठमाडौं| सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।  

सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

  •