Thursday 12th March 2026
ईन्डोनेसियाको बालीमा ४ सय ज्योतिषको भेला सम्पन्न, नेपालका केही ज्योतिष पुरस्कृत
ईन्डोनेसियाको बालीमा अठारौं अन्तर्राष्ट्रिय ज्योतिष माहासंघको सम्मेलन सम्पन्न भएको छ । सेप्टेम्वर २ देखि ४ सम्म भएको उक्त ज्योतिष तथा वास्तु सम्मेलनमा नेपाल ज्योतिष परिषद्का महासचिव आचार्य सन्तोष वशिष्ठ बेस्ट एस्ट्रोलोजर अफ एशिया अवार्डबाट सम्मानित भएका छन् । ज्योतिष क्षेत्रमा राम्रो अनुसन्धानात्मक कार्य गर्नेलाई ‘बेस्ट आस्ट्रोलोजर घोषणा गरिँदै आएकोमा यो वर्ष उक्त सम्मानका लागि नेपालका ख्यातिप्राप्त ज्योतिषी आचार्य सन्तोष बशिष्ट चयन भएका हुन् ।
त्यसैगिर “दक्षिण एशियाली ज्योतिष माहासंघ” को नेपाल च्याप्टर को अध्यक्ष लक्ष्मण पन्थी वेस्ट युथ लिडर अफ एसिया २०१७ उपाधिबाट सम्मानित भएका छन् । वरिष्ठ वास्तुविद् डा माधव मंगल जोशी, डा मिलनकुमार थापा, डा सहदेव विष्ट, हरिहर अधिकारी, नरेश सिंह, लगायतका विद्वानहरुलाई विशिष्ठ विभिन्न अवार्डले शुशोभित गरिएको छ । एशियन एस्ट्रोलोजर कांग्रेस, विश्व ज्योतिष महासंघ, साउथईष्ट एस्ट्रोलोजर फ्रेडेशन, दक्षिण एशियाली ज्योतिष महासंघ लगायतका अन्तर्रा्ष्ट्रिय संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा एशियाका नेपाल, भारत, श्रीलङ्का, मलेसिया, थाइल्याण्ड र म्यानमारलगायतका देशबाट ४ सय उत्कृष्ट ज्योतिषहरुको सहभागिता थियो ।यसै विच ईन्डोनेसियाको बालीमै अठारौं अन्तर्राष्ट्रिय ज्योतिष माहासंघको सम्मेलन संगै दक्षिण एशियाली ज्योतिष महासंघ को महाधिवेशन पनि सम्पन्न भएको छ सो महाधिवेशनबाट “अध्यक्षमा” डा. सहदेव विष्ट लाई चयन गरिएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
