Wednesday 11th March 2026

अबैध नेपाली आप्रवासी अमेरिकाबाट फर्काइयो

काठमाडौं । अमेरिका सरकारको कडा अध्यागमन नीतिअनुसार अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फिर्ता पठाउने क्रम जारी छ ।

गैरकानूनी रूपमा अमेरिकामा काम गरिरहेका तथा अध्यागमन अदालतबाट निष्कासन आदेश पाएका नेपाली नागरिक बोकेको अमेरिकी विमान काठमाडौंका लागि उडेको छ ।

अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको चार्टर्ड जहाजमार्फत १० जना नेपाली नागरिक स्वदेश फिर्ता भए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार उक्त विमान काठमाडौं अवतरणका लागि अनुमति दिइएको छ ।
ग्रिफोन एयरको सानो विमान गल्फजेटस्ट्रिम आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ।
यसअघि मंसिर ३० गते अमेरिका सरकारले चार्टर विमानमार्फत १५ जना नेपालीलाई स्वदेश फर्काइरहेको थियो । पछिल्लो समय अमेरिकी अध्यागमन नीति अझै कडा बनाइँदा अवैध रूपमा बसोबास गरिरहेका नेपालीहरू थप जोखिममा परेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेलगत्तै अवैधरूपमा अमेरिकामा बसिरहेका आप्रवासीलाई देशनिकाला गर्ने कडा नीति लागू गर्ने घोषणा गरेका थिए ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...