Tuesday 14th April 2026

मुल्य बृध्दि हुने गरि ,ग्यास उद्योगी र सरकारबीच ५ बुँदेसहमति

२० फागुन, काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितको सरकारी टोली र उद्योगीबीचसहमित जुटेको हो ।सहमति अनुसार ग्यासमा प्रतिसिलिण्डर १२.७५ ले वृद्धि हुनेछ ।

नेपाल आयल निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहमति भए पनि यसको मार उपभोक्तामा पर्ने छैन । अर्थात, प्रतिसिलिन्डर १ हजार ९ सय १० रुपैयाँ नै पर्नेछ ।

सहमतिहरु

  • ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रति सिलिण्डर १२.७५ ले वृद्धि गरेको विषयमा नेपाल एलपि ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो ।
  • निगम सञ्चालक समितिको मिति २०८१-११-१८ गतेको निर्णय अनुसार एलपि ग्यास उद्योगको खर्चमा समायोजन गरिए पश्चात् पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१-११-१८ गते देखि ग्यास उद्योगीहरूले निगमबाट पि.डि.ओ. नउठाएको र सो कारणले बजारमा एल.पि.ग्यासको आपूर्ति असहज बन्न थालेको परिस्थितीलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइदै आएको मुनाफा प्रति सिलिण्डर Flat रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाई अध्ययन कार्य अगाडि बढाउने ।
  • निगम र सघं दुवै पक्षको समन्वयमा सम्बोधन गर्न सकिने मागहरू निगम व्यवस्थापनले सम्बोधन गर्ने ।
  • निगमले सम्बोधन गर्न नसक्ने अन्य मागहरूका सम्बन्धमा आवश्यक गृहकार्य गरी संचालक समिति
    तथा श्री उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गर्ने।
  • नेपाल एलपि ग्यास उद्योग संघले राखेका मागहरू माथि उल्लेख भएबमोजिम सम्बोधन गर्ने सहमति भएकोले नेपाल एल. पि. ग्यास उद्योग संघले हाल जारी राखेको विरोधको सम्पूर्ण कार्यक्रमहरु आजबाटै फिर्ता लिने र आजबाटै सबै ग्यास उद्योगीहरूले निगमबाट नियमित रुपमा पिडिओ लिई एलपि.ग्यासको आपूर्ति सहज बनाउने ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...