तीजको भोलीपल्टको दिन नै गणेश चतुर्थी हो । यस दिनलार्इ विनायक चतुर्थी पनि भन्ने गिरन्छ । तरार्इमा चौथीचाँद भनेर मान्ने चलन छ । अस्थाई मन्दिर, र पण्डालमा गणेशको मुर्ती राखेर १० दिनसम्म पूजाअर्चना गरिने चलन छ । अन्तिम दिन गणेशको मुर्तीको रथयात्रा निकाली नदि या तालतलाउमा विसर्जन गर्ने प्रचलन छ ।

यो उत्सव नेपाल, भारत, फीजी, मरिसस लगायत अमेरिका र यूरोपका धेरै देशहरुमा भएका वैदिक सनातन हिन्दू समुदायले मनाउँदछन् । कला, साहित्य अनि सीपका देवता गणेशलार्इ १०८ नामले स्मरण गरिन्छ । पूजन, ध्यान, अनुष्ठानमा समेत सबैभन्दा शुरुमा यीनै देवतालार्इ सम्झिएर शुभकार्य गरिने चलन भएकाले पनि सनातन संस्कारमा कुनै पनि नयाँ कार्यको थालनीलाई श्री गणेश भन्ने चलन पनि छ । शुक्ल चतुर्थीबाट अनन्त चुतर्दशीसम्म गणेश अर्चना १० दिनकालागि हुने गर्दछ ।
यस दिनको चन्द्र हेर्नाले चोरीको आरोप लाग्न सक्छ भन्ने लेकोक्ती रहेको छ । छिमेकीका घरबारीमा भएका फलेका फलहरु चोरेर खाएमा दोषबाट बच्न सकिने जनविश्वास छ । गणेश चतुर्थीको दिनमा फलफूल र तुलतरकारी चोरेर खाने सामान्य रमाइलो चलनलाई उपध्रोका रुपमा लिने क्रम पनि बढ्दो छ ।यसमा सवैजना सचेत हुनु अ।वश्यक छ ।
तराईमा आजको दिन अत्यन्त हर्ष र रमाइलोका साथ लिइन्छ । गाँउको बीचमा डोरीले बाँधेर माटोको घैंटोभित्र फलफूल, मिठाई र दहिदूध राख्ने र त्यसलाई उचाईमा चढेर लठीले हानेर फुटाउने चलन पनि छ ।अहिलेको वाढीले तहसनहस पारेके तरार्इलार्इ यस दिनले सवै तरार्इवासीमा अत्मशक्तीको वृद्धी गरोस भन्ने कवच अनलार्इन श्री गणेश भगवानसंग प्रार्थना गर्दछ ।
कवच संवाददाता
सामाग्री हाम्रो पात्रो