Wednesday 11th March 2026

गणेश चतुर्थी

तीजको भोलीपल्टको दिन नै गणेश चतुर्थी हो । यस दिनलार्इ विनायक चतुर्थी पनि भन्ने गिरन्छ । तरार्इमा चौथीचाँद भनेर मान्ने चलन छ । अस्थाई मन्दिर, र पण्डालमा गणेशको मुर्ती राखेर १० दिनसम्म पूजाअर्चना गरिने चलन छ । अन्तिम दिन गणेशको मुर्तीको रथयात्रा निकाली नदि या तालतलाउमा विसर्जन गर्ने प्रचलन छ ।

यो उत्सव नेपाल, भारत, फीजी, मरिसस लगायत अमेरिका र यूरोपका धेरै देशहरुमा भएका वैदिक सनातन हिन्दू समुदायले मनाउँदछन् । कला, साहित्य अनि सीपका देवता गणेशलार्इ १०८ नामले स्मरण गरिन्छ । पूजन, ध्यान, अनुष्ठानमा समेत सबैभन्दा शुरुमा यीनै देवतालार्इ सम्झिएर शुभकार्य गरिने चलन भएकाले पनि सनातन संस्कारमा कुनै पनि नयाँ कार्यको थालनीलाई श्री गणेश भन्ने चलन पनि छ । शुक्ल चतुर्थीबाट अनन्त चुतर्दशीसम्म गणेश अर्चना १० दिनकालागि हुने गर्दछ ।

यस दिनको चन्द्र हेर्नाले चोरीको आरोप लाग्न सक्छ भन्ने लेकोक्ती रहेको छ । छिमेकीका घरबारीमा भएका फलेका फलहरु चोरेर खाएमा दोषबाट बच्न सकिने जनविश्वास छ । गणेश चतुर्थीको दिनमा फलफूल र तुलतरकारी चोरेर खाने सामान्य रमाइलो चलनलाई उपध्रोका रुपमा लिने क्रम पनि बढ्दो छ ।यसमा सवैजना सचेत हुनु अ।वश्यक छ ।

तराईमा आजको दिन अत्यन्त हर्ष र रमाइलोका साथ लिइन्छ । गाँउको बीचमा डोरीले बाँधेर माटोको घैंटोभित्र फलफूल, मिठाई र दहिदूध राख्ने र त्यसलाई उचाईमा चढेर लठीले हानेर फुटाउने चलन पनि छ ।अहिलेको वाढीले तहसनहस पारेके तरार्इलार्इ यस दिनले सवै तरार्इवासीमा अत्मशक्तीको वृद्धी गरोस भन्ने कवच अनलार्इन श्री गणेश भगवानसंग प्रार्थना गर्दछ ।

कवच संवाददाता

सामाग्री  हाम्रो पात्रो

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...