Thursday 12th March 2026

आज तीजको रमझम देशभर, पशुपतिनाथमा लाखौंको उपस्थिति

 हिन्दू नारीहरूको महान पर्व हरितालिका (तीज) का अवसरमा आज काठमाण्डौस्थित पशुपतिनाथ मन्दिर तथा देशभरका मन्दिर तथा शिवालयमा बिहान सबेरैदेखि महिला भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्र विकासले दिएको जानकारीअनुसार पशुपतिमा आज बिहान २ बजेदेखि नै लाममा बसेका कारण दर्शन गर्न सहज होस भनेर बिहानै ३ बजे नै पशुपतिका चारै ढोका खोलिएको थियो। पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको छ। पहिलो पङ्ति बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो पङ्ति जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो पङ्ति गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको छ। बिकास कोषका अनुसार पशुपति प्रवेशमा कुनै पनि पासको व्यवस्था गरिएको छैन। लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान १० बजेसम्म करिब २ लाख दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा अन्य विशेष पूजाको कार्यक्रम राखिएको छैन । बिशेष पर्व तथा मेलाहरूमा राष्ट्राध्यक्षले दर्शन तथा पूजा गर्ने चलन रहँदै आएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको पशुपती विकास कोषले जनाएको छ।

– कवच सम्वाददाता,काठमाडौ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...