Sunday 12th April 2026

अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टर गठन

काठमाडौँ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको नेपाल च्याप्टरको गठन गरिएको छ । सोमबार अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल, केन्द्रीय उपाध्यक्षहरु र बोर्ड अफ डाइरेक्टरहरुको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल च्याप्टरको गठन गरेको हो ।

भेलामा बोल्दै केन्द्रीय अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरुको नेटवर्कको रुपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराएका थिए । अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो च्याप्टरको रुपमा नेपाल च्याप्टर गठन गरिएको अध्यक्ष खनालले बताए । भेलाले कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् । त्यस्तै बोर्ड अफ डाइरेक्टरमा शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल च्याप्टरको सल्लाहकारमा टंक पन्त, जीवनराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज रहेका छन् भने कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ रहेका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...