Thursday 22nd January 2026

काठमाण्डौंमा गणेश रथयात्रा सहित राष्ट्रिय पण्डित सम्मेलन गरिने

भाद्र १२ र १३ गते काठमाण्डौंको महेश्वरी सदन कमलपोखरीमा दुई दिने चतुर्थ राष्ट्रिय पण्डित सम्मेलन आयोजना गरिने भएको छ । सम्मेलनमा काजकिरिया र जुठोसुतक,संस्कृत वाङमयको परिचय र महत्व , नेपाली मौलिक संस्कृतिको चिनारी र संरक्षण र समसामयिक धार्मिक र सामाजिक विषय सम्वन्धी छलफल गरिने राष्ट्रिय धर्मसभा नेपालले जनाएको छ । सम्मेलनलाई सार्थक वनाउन यहि भाद्र १० गते श्री गणेश रथ यात्रा र ११ गते धर्मसभाको वार्षिक साधारण सभा आयोजना हुन लागेको अध्यक्ष प्रा. डा. माधवकुमार भट्टराईले जानकारी गराउनु भयो ।

नेपाली राष्ट्रियता, राष्ट्रिय पहिचान, सनातन धर्म र मौलिक नेपाली संस्कृतिको रक्षाका खातिर राष्ट्रिय धर्मसभा नेपालको स्थापना वि.सं. २०६५ सालमा भएको हो । मुलुकको धार्मिक साँस्कृतिक कार्यमा अग्रपंक्तिमा रहेका पंण्डित पुरोहित वर्गलाई प्रशिक्षित पार्ने, धार्मिक सवालमा छलफल गरी पंण्डितहरुका आधिकारिक शास्त्रसम्मत धारणा सार्वजनिक गरिनुका साथै धार्मिक कार्यमा एकरुपता ल्याउन राष्ट्रिय धर्मसभा नेपालले हरेक राष्ट्रिय पंण्डित सम्मेलन आयोजना गर्दै आएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...