काठमाण्डौ
नेपाल सेवा केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष देवीप्रसाद नेपालको अध्यक्षतामा सम्पन्न भएको सभाको सुभारम्भ केन्द्रमा संस्कृत अभ्यासरत बालिका रेजिना श्रेष्ठले पानसमा दीप प्रज्वलन गरि गर्नु भएको थियो । सभाले चालू आ.व. २०७४।०७५ का लागि कुल रु १,०५,९२२.८८ अनुमानित आय व्यय भएको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।
सेवा केन्द्रका केन्द्रीय उपध्यक्ष डा. नरविक्रम थापा, कोषाध्यक्ष किरण खत्री, खड्गकुमारी काफ्ले, आजीवन सदस्य उद्धव अधिकारी, वीरबहादुर मगर , ऋषि निरौला, रेनु निरौला लगायतका समितिका सदस्यहरु, सेवा केन्द्रमा आवद्ध जिज्ञासु विद्यार्थी हरुको उपस्थिती रहेको थियो । यस अघि परम्परागत रुपमा मनाइने असार पन्ध्र, साउने संघ्राती समेत मनाइएको केन्द्रका सचिव ध्रुवराज नेपालले कवचलार्इ जानकारी गराउनु भयो ।