Sunday 12th April 2026

प्रजातन्त्र दिवसलाई जनताको दिवसका रूपमा मनाऔँ

काठमाडौं |  प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ ।  आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन तथा कार्यक्रम बैठकलाई सम्बोधन गर्दै उनले सरकारी कार्यक्रमहरु आदेश, निर्देशमा हुने तर जनताको कार्यक्रम नहुने गरेको भन्दै यस्तो परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताए ।

‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । ओलीले जनतामाथि दमन गर्ने, हेपाहा खालको प्रवृत्ति देखाउने निरंकुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी संघर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे।

संविधान दिवस, प्रजातन्त्र, दिवस, लोकतन्त्र दिवस जस्ता जनताले ल्याएका उपलब्धिका दिनहरू जनताले जनस्तरबाट मनाउन पाउनुपर्ने बताए । यस्ता उपलब्धिहरूमा जनता सहभागी बनेर र जनस्तरबाट खुसी साटासाट गरेर मनाउनुपर्ने बताए । नेपालमा सबैभन्दा ठूलो परिवर्तन गर्ने आन्दोलन २००७ सालको आन्दोलन नै भएको दाबी गर्नुभयो । हिंसालाई जनयुद्ध भन्न रुचाउने तर २००७ सालको आन्दोलनलाई स्वीकार्य तयार नहुने स्थितिको अन्त्य जरुरी रहेको बताए । बिक्रम सम्बत २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरुमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...