Saturday 13th June 2026
आज घट्यो काठमाडौंको तापक्रम
काठमाडौं ।बिहीबारको तुलनामा आज पनि काठमाडौंको न्यूनतम तापक्रम घटेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान ५.४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस मापन भएको छ।
बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस थियो।काठमाडौंको आकाश बिहानको समयमा सफा रहेका रहेका कारण न्यूनतम तापक्रम तुलनात्मक रूपमा घटेको मौसमविदहरूले बताएका छन्।
दिउँसो काठमाडौंको मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ।
अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने प्रक्षेपण छ। बिहीबार काठमाडौंको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस मापन भएको थियो।
माघ महिना उत्तरार्द्ध पुगिसकेकाले अब तापक्रम विस्तारै बढ्दै जाने महाशाखाले जनाएको छ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
