Wednesday 11th March 2026

हङ्कङ्गमा क्रियाशील समाजसेवीः टिका गुरुङ्ग

 

“मातृभुमि भन्दा जव टाढा पुगिन्छ त्यति वेला मातृभुमि प्रतिको कर्तव्य र मोह झल्किन्छ । देश प्रतिको चिन्ता वढेर जान्छ । नेपाली—नेपाली वीचको प्रेम स्नेह अझ प्रगाढ वन्छ” यी विचार हङकङ्ग निवासी नेपाली समाजसेवी  महिला नेतृ टिका गुरुङ्गका हुन् । कास्की पोखरा माछापुच्छ्रे चोकमा पुर्खौली घर भई कामको सिलसिलामा २९ वर्ष अघि हङकङ्ग पुगेकी टिका गुरुङ्ग त्यहाँ रहेका नेपाली समुदाय वीच क्रियाशील समाजसेवी तथा महिला नेतृका रुपमा परिचित हुनुहुन्छ । सन् १९९४ मा हङकङ्ग आउँदा सुरुमा उहाँ व्यवसायमा केन्द्रित हुनुभयो । त्यहीको वासिन्दाको रुपमा त्यहाँ वसोवास गर्ने अधिकार (आइ डी) प्राप्त गरेपछि उहाँ विस्तारै समाजसेवामा क्रियाशील हुन थाल्नुभयो । आफ्नो गाँउ, ठाउँ र देश परिवेशको धर्म , संस्कृति , परम्परा जोगाउनु पर्छ ; हङकङ्गमा रहेका नेपाली—नेपाली वीचमा आफ्नो धर्म संस्कृति र परम्पराको पहिचान गुम्न दिनु हुँदैन भन्ने भावनाले उहाँ विस्तारै विभिन्न संघ संस्थाको माध्यमवाट सक्रिय हुन थाल्नुभयो । त्यसवेला हङकङ्गमा महिलाहरु आफ्नो व्यवसाय वा पेशा वाहेक समाजसेवा र सामाजिक अभियानमा  खासै क्रियाशील थिएनन् । काम प्रतिको लगाव र दैनिक दौडधुपले उनीहरु वीच यो कुरा सोच्ने सम्म फुर्सद थिएन । उहाँ स्मरण गर्दै भन्नुहुन्छ — “त्यसवेला अहिलेकी सक्रिय महिला नेतृ रिता गुरुङ्ग र मेरो सक्रियता अलिक वढी थियो । विस्तारै हामीले अन्य महिलाहरुलाई पेशा वा व्यवसाय मात्र होइन समाजसेवामा पनि समय दिनु पर्छ भन्ने चेतना दिन थाल्यौ ।” उहाँ थप्नुहुन्छ —“उहाँहरुले पनि समाजमा क्रियाशील हुन अग्रसरता देखाउनुभयो । सन् २००५ सालमा केही महिलाको अगुवाइमा नमो वुद्ध आमा समूह गठन भयो ।” यसरी त्यसै समूह मार्फत आफ्नो सक्रियता वढ्दै गएको टिका गुरुङ्ग वताउनुहुन्छ । त्यस्तै सन् २००६ देखि २०१० सम्म उहाँ एन आर एन हङकङ्गको कार्य समितिमा चयन हुनुभयो । यस वीचमा महिलाहरुकै सक्रियता र अगुवाइमा  नेपाली महिला संघ हङकङ्ग स्थापना भई सो संघले आफ्ना भावि कार्यक्रमहरु तय गर्न सुरु गरेको थियो ।

उहाँ संघको कोषाध्यक्ष भएपछि  महिला संघ मार्फत अन्तर्राष्ट्रिय महिला दिवस मनाउन सुरु गरियो । विभिन्न महिलासंग सम्वन्धित संघ संस्थाको साथमा गठवन्धन तथा चौतारीका रुपमा सवै ठाँउ आवद्ध हुन यस दिवसले महत्वपूर्ण भुमिका निर्वाह गरिदियो । दिवस मनाउनका लागि मात्र गठन हुने गरेको समिति दिवस सकिनासाथ विघटन गरिन्थ्यो तर सन् २०१३ देखि वर्षेनी गठन गर्दै विघटन हुने अस्थाइ समिति भन्दा दिगो समितिको महसुस भई नेपाली महिला संघ हङकङ्ग स्थापना भयो । उहाँका अनुसार खास सञ्जालकै रुपमा सवै किसिमका महिला नेतृ आवद्ध भई सक्रिय हुन थालेको २०१३ साल पछि मात्र हो ।

सुरुसुरुका दिनमा महिलाहरुको खासै सक्रियता नहँुदा काम गर्न निकै कठिन हुन्थ्यो । गुरुङ्ग पुराना दिन सम्झँदै भन्नु हुन्छ — “पहिलेको तुलनामा हङकङ्गमा महिलाको सक्रियता निकै चुलिएको छ । पेशा, व्यवसाय मात्र नभई सामाजिक क्षेत्रमा पनि आफ्नो पहिचान वताउनु पर्छ भन्ने चेतना आएको छ ।” उहाँ भन्नुहुन्छ —“समाजमा महिलाको पनि विशेष स्थान देखिँदा गर्व लागेको छ ।” महिलाले नेतृत्व गरेको ठाँउमा सतप्रतिशत परिणाम आउने र सवै प्रतिको सम्मान रहने हुँदा विस्तारै हरेक संस्थामा महिलाकै नेतृत्व वढ्दै गएको उहाँको अनुभव छ । करिव १० वटा संस्थामा महिलाकै वाहुल्यता र सक्रियता रहेको स्मरण गर्दै अवको पाँच वर्षमा हङकङ्गमा महिलाको संस्थागत सक्रियता  उदाहरणीय वन्ने अवस्था रहेको उहाँ वताउनुहुन्छ ।

हाल नेपाली महिला संघ हङकङ्गकी अध्यक्ष तथा अन्य विभिन्न संघ संस्थामा नेतृत्व तहमा रहनुहुने टिका गुरुङ्ग मातृ भुमि नेपालमा पनि माथिल्लो तहमा महिलाकै नेतृत्व रहेको हँुदा अवको समयमा महिला नेतृत्व र सक्रियताको अझ खाँचो रहेको औंल्याउनुहुन्छ । उहाँ अन्य महिलाहरुलाई लक्षित गर्र्दै भन्नुहुन्छ —“अवको समय र युग महिलाको अग्रताकै हो । त्यसैले आफूमा भएको संकुचित विचारलाई छाडेर निर्धक्क अगाडि वढ्नुहोस् ।” धर्म, संस्कृति, परम्परा, रीतिरिवाज सवै कुरादेखि घर समाज र राष्ट्र समेत हाँक्ने महिला शक्तिले अव विकृति तोड्दै अगाडि वढ्न पनि उहाँ सवै महिलालाई आग्रह गर्नुहुन्छ ।

अवद्धता ः

  • नेपाली महिला संघ हङकङ्ग                                            — अध्यक्ष
  • म्याग्दी ओभरसिज नेपाली एसोसिएसन

अन्तरगत इन्टरनेशनल कोअर्डिनेशन काउन्सील            —उपाध्यक्ष

  • नमो वुद्ध महिला समूह —उपाध्यक्ष
  • गैरआवासीय नेपाली एसोसिएसन, हङकङ्ग अन्तरगत

नेशनल कोअर्डिनेशन काउन्सील                                      —सल्लाहकार

  • तमु एसोसिएसन अफ हङकङ्ग                                       —सल्लाहकार
  • सहारा क्लव हङकङ्ग                                                      —सल्लाहकार
  • मिस हङकङ्ग नेपाल सोसाइटी                                        —सल्लाहकार
  •  हङकङ्ग व्युजिनेस एशोसिएसन                                  —सदस्य

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...