Thursday 22nd January 2026
औषधिका रुपमा लसुन र प्याजको वहुपयोग
प्रकृतीले हाम्रो जीवनलाई धेरै धेरै उपहार दिएको छ । सृष्टी गरेको छ भने त्यसको सही स्याहार सम्भारका उपायहरु पनि प्रकृति ले नै दिएको छ । जानेर वा नजानेर हामी त्यसको प्रयोग थोरै थोरै भए पनि गरिरहेका छौ भने कतिपय नजानेर प्रयोग हुन पनि सकिरहेका छैनन् । यस्तै हेर्दा सामान्य तर बहुउपयोगी हाम्रो भान्छामा प्रयोग हुदै आएका लसुन र प्याज कति औषधिय गुणले भरिपूर्ण छन् जानी राखौं ।

लसुन :
– एकचम्चा लसुनको रस दुईचम्चा महको साथ एक गिलास पानीस“ग नियमित सेवन गरेमा दमको रोगमा फाइदा मिल्छ ।
– जाडो मौसममा लसुन खाने गरेमा चा“डै चिसो लाग्दैन, शरीर गर्मी रहन्छ ।
– लसुनको रस अनुहारमा लगाउने गरेमा छाला सफा हुन्छ ।
– अनारको रसमा लहसुनको रस २० थोपा मिलाएर खाने गरेमा खोकी ठिक हुन्छ ।
– नियमित लसुनको जुस पिउनाले खुन सफा भइ शरीरमा खुन सञ्चालनमा पनि सहयोग पु–याउ“दछ ।
– नियमित लसुनको प्रयोगले पाचन क्षमता बढाउनुको साथै भोक नलाग्ने समस्या हटाएर ब्लड प्रेसरलाई पनि कन्ट्रोलमा राख्न मद्धत पुग्दछ ।
– लसुनको प्रयोगले कोलस्ट्रोल नियन्त्रणमा राख्दै मुटु रोग नियन्त्रणमा पनि सहयोग पु–याउ“छ ।
– लसुनले कपाल मmर्ने समस्यालाई रोकथाम गर्दछ ।
– यदी तपाईको शरिरमा कोलस्ट्रोलको मात्रा बढी रहेको छ र छाती पनि हल्का दुखीरहेको छ भने दिनहु विहान विहान खालीपेट एक एक वटा लसुन खाने गर्नु पर्छ ।
– यसका साथै लसुनमा एक यस्तो पदार्थ पाइन्छ जसले हाम्रो शरिरको छालालाई धेरै प्रकारको इन्फेक्सन बाट
बचाउँछ ।
प्याजः
– पत्थरी : प्याजको उपयोग पत्थरीको इलाजका लागी महत्वपूर्ण हुनजान्छ । यदी पत्थरी सुरुवाती चरणमा छ भने प्याजको रसमा थोरै चिनी मीलाएर शरवतको रुपमा विहान विहान एक गिलास पिउने गरेमा पत्थरीबाट छुटकरा पाउन सकिन्छ ।
– कपाल : यदी कपालमा चाया परेको छ भने प्याजलाई पिसेर टाउकोमा लगाउने र ३० मिनेटपछी शैम्पू लगाएर धुने गरेमा कपाल मmर्न रोकिएर नया“ कपाल उम्रन्छ ।
– छाला : प्याजको रस र दही राम्रो स“ग घोलेर अनुहारमा लगाउने र १५ मिनेटपछी चिसो पानीले धुने गरेमा अनुहारको दाग धब्बाबाट छुटकरा पाइन्छ ।
– पिसाब बन्द : बच्चा होस् या ठुला मानिस यदी पिसाव बन्दहुने समस्या छ भने एक चम्चा प्याजको रसस“ग एक चम्चा आटा मीलाएर हल्का तातो पेष्ट बनाएर नाभी वरपर लगाउनाले पिसाव लाग्न सुरु हुन्छ ।
– जोर्नीको दुखाई : प्याजको रस तोरीको तेलमा मिसाएर दिनमा दुइपटक मालिस गर्ने गरेमा जोर्नी दुखाइबाट आराम मिल्छ ।
– पेट : साना बच्चाहरुको पेटको किरा मार्न ५ चम्चा प्याजको रसमा १ चम्चा मधुरस मिलाएर विहान विहान खुवाउने गर्नु पर्दछ ।
– इम्यूनीटी : प्याजमा पाइने पदार्थले हाम्रो शरिरको इम्यूनीटी सिष्टम मजवुत बनाउन मद्धत गर्दछ ।
– किराले टोकेमा : किराले टोकेको ठा“उमा प्याजको रस लगाएमा तुरुन्त आराम मिल्दछ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
