Thursday 30th April 2026
साना बालबच्चाले क्यूएफएक्सका हलमा प्रवेश नपाउने
काठमाडौं । क्यूएफएक्स चेनका हलमा २.५ फिटभन्दा साना बालबच्चाले प्रवेश नपाउने भएका छन् । बुधबार एक सूचना जारी गर्दै यो मल्टिप्लेक्स चेनले यस्तो निर्णय गरेको हो ।
हलमा तोकिएको उचाइभन्दा अग्ला वृद्धदेखि बालकसम्मका दर्शकलाई भने तोकिएको टिकट दर लागू हुने जनाएको छ ।
क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताए ।
‘बच्चाको स्वास्थ्य, त्यहाँभित्रको हावाको समस्या, अँध्यारो वातावरणले साना बालबच्चालाई रोक्ने निर्णय गरेका हौं’ कक्षपतिले भने, ‘काखे बच्चालाई हलभित्र लैजाँदा अन्य दर्शकबाट मनोरञ्जनको वातावरण नभएको गुनासो पनि आयो ।’
क्यूएफएक्सका बजार प्रमुख सुलभ कक्षपतिले साना बालबच्चाको स्वास्थ्य र हलभित्रको मनोरञ्जनको वातावरणलाई ख्याल गरेर साना बालबच्चालाई प्रवेशमा रोक लगाइएको बताएका छन् ।
यसअघि साना बालबच्चालाई हलभित्र निःशुल्क प्रवेश थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
