Tuesday 19th May 2026
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
काठमाण्डौ | सुनको भाउ तोलामा एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा एक हजार पाँच सय रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । यसैबीच सन् २०२४ मा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ २७ प्रतिशतले बढेको छ । यो वार्षिक वृद्धि सन् २०१० यताको सबैभन्दा धेरै रहेको लगानीसम्बन्धी अन्तराष्ट्रिय संचारमाध्ययम इन्भेस्टिङ डटकमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढाव अनुसार नै मुल्य समायोजन हुने नेपाली बजारमा पनि २०२४ मा सुनको मूल्य २५ प्रतिशतले बढेको छ । सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेकाले नेपाली बजारमा सुनको भाउ कम बढेको देखिएको हो ।
सन् २०२५ मा पनि सुनको मूल्यवृद्धि कायम रहने विज्ञहरुको अनुमान छ । अमेरिकामा घट्दो ब्याजदरको असरले सुनको मूल्यवृद्धिमा टेवा पुग्ने इन्भेस्टिङ डटकमको अनुमान छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
