Thursday 12th March 2026

लेखनाथ पौड्यालको १४१औँ जयन्ती मनाइयो

काठमाडौं । कविशिरोमणि लेखनाथ पौड्यालको १४१औँ जयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्राममा रहेको उनको पूर्णकदको शालिकमा माल्यार्पण गरिएको छ ।

सोही अवसरमा नाटयसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरिएको थियो । त्रिमूर्ति निकेतनद्वारा आयोजित कार्यक्रममा श्रष्टाहरुले त्रिमूर्ति अर्थात् कवि शिरोमणि, नाट्यसम्राट र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि भएको बताएका थिए भने पौड्यालको सृजना बाचन गरिएको थियो । कवि शिरोमणि, नाट्यसम्राट र महाकविको सम्मानार्थ नई प्रकाशनको संयोजनमा २०६१ सालमा त्रिमूर्ति निकेतनको स्थापना भएको हो ।

पौड्यालको जन्म १९४१ पुस १५ गते कास्कीको अर्घौंअर्चलेमा भएको थियो । विसं २००८ असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कवि शिरोमणिको पदवी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।

साहित्यप्रतिको कदरस्वरूप पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञा पुरस्कार प्रदान गरिएको थियो । विसं २०२२ को शिवरात्री अर्थात् फागुन ७ गते उहाको देहावसान भएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...