Thursday 12th March 2026
अमेरिकी पूर्व राष्ट्रपति कार्टरको निधन
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरको आइतबार निधन भएको छ ।
राष्ट्रपतीय जिम्मेवारी पछि पनि उनी अन्तर्राष्ट्रिय राजनीतिमा उक्तिकै सत्रिय रहे ।
अमेरिकी उनी सय वर्षका थिए । उनको आफ्नै निवासमा निधन भएको हो । अमेरिकी राष्ट्रपतिको इतिहासमा कार्टर सबैभन्दा बढी बाँच्नेमा पर्छन् ।
पछिल्लो समय उनको स्वास्थ्य स्थिति राम्रो थिएन् र विभिन्न उमेरसँग सम्बन्धित रोगबाट ग्रसित थिए । उनी सन् १९७७ देखि १९८१ सम्म अमेरिकामा राष्ट्रपति थिए । उनी अमेरिकी ३९ औं राष्ट्रपति थिए । उनले डेमोक्रेटिक पार्टीबाट चुनाव लड्नै राष्ट्रपति पद जितेका थिए । यसक्रममा उनले रिपब्लिकन प्रतिद्वन्द्वी जेरार्ड फोर्डलाई पराजित गरेका थिए ।
वर्तमान राष्ट्रपति बो बाइडेनले शोक व्यक्त गर्दै भनेका छन्, ‘हामी सबैले एक असाधारण नेता, राजनीतिज्ञ र मानवतावादी गुमाएको छ ।’ चाँडै राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने क्रममा रहेका डोनाल्ड ट्रम्पले पनि कार्टरको निधनमा शोक व्यक्त गरेका छन् ।
सन् २००२ मा उनलाई नोबल शान्ति पुरस्कार पनि प्रदान गरिएको थियो । सन् १९७८ मा इजरायल र इजिप्टबीचको क्याम्प डेविड सम्झौता गर्न मध्यस्तता गरे वापत उनलाई यो पुरस्कार प्रदान गरिएको थियो । कार्टरले सन् २०१३ मा नेपालको पनि भ्रमण गरेका थिए । उनले त्यति बेला एक साता नेपालमा बिताएका थिए ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
