Friday 6th March 2026

वुद्धकै सन्देशले समाज सेवामा प्रेरित गरेको हो :उत्तर गुरुङ्ग

उत्तर गुरुङ्ग पर्वतको दुलु , काफलचौरवाट हङकङ गई त्यहीँ वसोवास गर्दै आउनुभएकी समाजसेवी हुनुहुन्छ । नमोवुद्ध आमा समूहकी कोषाध्यक्ष रहनुभएकी उत्तर गुरुङ्ग हाल हङ्हङको जोर्डनमा रहेको आमा समूहद्वारा संचालित वौद्ध गुम्वा मार्फत सक्रिय रही समाजसेवामा लाग्दै आउनु भएको छ ।  नेपालको लुम्विनीमा जन्मिएका गौतम वुद्धका विचार मार्फत शान्तिको सन्देश प्रवाह गर्न र वुद्ध धर्मको माध्यमवाट समाजमा विभिन्न सेवामूलक कार्य गर्न आफु क्रियाशील रहेको उहाँ वताउनुहुन्छ । हङकङमा रहेका महिला दिदी वहिनीहरुलाई एकतावद्ध गर्दै वुद्ध धर्म र गौतम वुद्धका जीवनोपयोगी विचार प्रवाह गर्न गुम्वाको आवश्यकता महसुस गरी उहाँहरुकै सक्रियतामा गुम्वा संचालन हुन आएको छ । स्थानीय वौद्ध धर्मावलम्वी व्यक्तिहरु र आमाहरुको आर्थिक सहयोगमा स्थापना गरिएको गुम्वामा नेपालवाट वौद्ध धर्मका गूरु तथा लामाहरुको उपस्थितिमा वर्षेनी थुप्रै कार्यक्रम हुँदै आएका छन् । समय समयमा गुरुहरुवाट व्यक्त हुने अर्शिवचन र गौतम वुद्धका सन्देशले मनमा शान्ति हुने र मानिसले जीवन र जगतका रहस्यमय कुराहरु थाहा पाउने हुँदा हङकङमा रहेको वुद्ध समुदायका व्यक्ति वीच गुम्वाले नैतिकता सिष्टाचारको पाठ सिकाउन पनि सफल भएको उत्तर गुरुङ्ग वताउनु हुन्छ । हिन्दू धर्म र वुद्ध धर्म विच थुप्रै धार्मीक तथा सांस्कृतिक विषयमा एकरुपता भएकाले गुम्वाले हिन्दू धर्ममा आस्था राख्ने समुदायका वीच पनि महत्व वोकेको उहाँको भनाई छ । नमोवुद्ध धर्म सेन्टर आमा समूह हङकङले सर्वजन हिताय र विश्व शान्तिको निमित्त गत वर्ष जस्तै यस वर्ष पनि भगवान वुद्धले प्रतिपादन गर्नु भएको त्रिपिटक अर्थात कङ्ग्युर वाचन कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको समेत जानकारी दिनुभयो ।  वार्षिक रुपमा आयोजना हुने यो पूजाले विश्व शान्ति र विश्व कल्याण हुने उहाँले वताउनु भयो । सो अवधिमा गुरुहरु मार्फत प्रवाह गरिने वुद्ध वाँणी र विश्व शान्ति शन्देशले सम्पूर्ण मानव हितको शन्देस दिएको उहाँले जानकारी गराउनुभयो । आमा समूहकै अगुवाईमा सम्पन्न यने वाह्रौं कङग्युर पूजा हो । चोरी नगर्नु, झूठो नवोल्नु, अरुको हित हुने काम गर्नु परोपकार गर्नु जस्ता जीवनोपयोगी वुद्धका शन्देशलाई ग्रहण गरी अगाडी वढ्न सके समाजमा शान्ति छाउने हूँदा यहि भावनालाई आत्मसात गरि गुम्वाले हरेक चार्डपर्वमा पूजापाठ र प्रवचन संचालन गर्दै आएको गुरुङ्गको भनाइ छ । गौतम वुद्धका मानवता वादी यिनै सन्देश र  विश्व शान्तिका लागि उहाँले वताएका ज्ञान वर्धक विचारले समाज सेवा र मानव हितमा लाग्न आफूलाई पनि प्रेरणा मिलेको उत्तर गुरुङ्गले वताउनुभयो । गुरुङ्ग हङकङमा क्रियाशील महिला समाजसेवीका साथै नमो वुद्ध आमा समूहको दुई कार्यकालसम्म लगातार कोषाध्यक्षको जीम्वेवारीमा रहँदै आउनु भएको छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...