Saturday 2nd May 2026
एनपीएलकाे विजेताले १ कराेड १० लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपीएलको )पुरस्कार घोषणा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै क्यानले जारी क्रिकेट प्रतियोगितामा विजेता हुने खेलाडीहरुको लागि पुरस्कार घोषणा गरेको हो ।
प्रथम हुने टोलीलाई एक करोड दश लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै द्वितिय पुरस्कार एकाउन्न लाख ,तृतिय पुरस्कार रु. २५,००,०००।– (पच्चिस लाख) चौथो पुरस्कार १५,००,००० (पन्ध्र लाख) रुपैयाँ रहेको छ ।
भोलि नै दिउँसो १ बजे पहिलो क्वालिफायरमा शीर्ष स्थानको सुदूरपश्चिम र दोस्रो स्थानको जनकपुरबीच खेल हुनेछ । यो खेलको विजेता सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
दोस्रो क्वालिफायर खेल पर्सि बिहीवार दिउँसो १२ बजे हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने हार्ने टोलीको विजेता बन्ने सम्भावना समाप्त हुनेछ । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
