Wednesday 11th March 2026
नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ २०२४ सम्पन्न
काठमाडौं । क्रोएसियाको लघु फिल्म ‘द म्यान हु कुड नट रिमेन साइलेन्ट’ देखाउँदै १२ औं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ २०२४ सम्पन्न भएको छ । बिहीबार एक विशेष समारोहकाबीच अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रय फिल्म फेस्टिवल सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीदेखि फिल्मकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र विकास बोर्डको हलमा आयोजना भएको यो महोत्सवमा विश्व प्रतिष्ठित फिल्म फेस्टिभलमा सहभागी भएका अधिकांश फिल्म प्रतिस्पर्धिहरुलाई सम्मान गरिएको छ
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्रान्ड जुरी फिक्सन अवार्ड जितेको फिल्म ‘अल वी इमाजिन एज लाइट’ यो महोत्सवको आकर्षण केन्द्रमा रहेको थियो । कान्सकै सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘द म्यान हु कुडनट रिमेन साइलेन्स’, बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड विजेता ‘एन आउटरन’, बर्लिनकै जेनेरेसन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’ र ‘ओटिट’जस्ता फिल्म यो महोत्सवमा प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट डकुमेन्ट्री प्रतिस्पर्धामा ‘हाउ टू प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएका छन् । सामाजिक न्यायको मुख्य थिममा आयोजना भएको महोत्सव चार दिनसम्म नेपाल पर्यटन बोर्ड र चाबहिलस्थित चलचित्र विकास बोर्डमा सञ्चालन भएको थियो ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
