Thursday 22nd January 2026
एक्सन डेभलपमेन्ट सेन्टर द्धारा तालिमको समापन , नयाँ तालिम पुन : संचालन हुने |

एक्सन डेभलपमेन्ट सेन्टरको आयोजना तथा आध्यात्मिक पत्रिका “कवच”को प्रवर्धनात्मक सहयोगमा संचालित कुशल नेतृत्व तथा व्यक्तित्व बिकासका लागि उद्घोषण तथा भाषण कला तालिमको आइतवार समापन गरियो | सेन्टरले आयोजना गरेको यो ७५ औ समूहको तालिम समापन हो | समापनका अवसरमा तालिममा सहभागी ४० जना सहभागीले प्रमाण पत्र ग्रहण गरेका छन् |कार्यक्रमका प्रमुख अतिथी नागरिक एकता समाज तथा सताबिचार मेडिया सेन्टरका अध्यक्ष्य सिताराम कार्कीले सबैले सिकेको सीपलाई समाजसेवा र नागरिकको हितमा लगाउन आग्रह गर्नु भयो | कार्यक्रमका अतिथिहरू शिर्जनशिल वातावरण सरक्षण केन्द्रका अध्यक्ष्य सहदेव राउत,लाइन्स क्लब सुयोगका प्रेसिडेन्ट इन्द्र भण्डारी,युवा संचारकर्मीहरू शशि खड्का,घनश्याम रिजाल तथा समाजसेवी धन सिल्पकाराले तालिमको आवश्यकता बारे बोल्दै प्रशिक्षार्थीहरूलाई शुभकामना दिनुभयो |सभाध्यक्ष्य तथा एक्सन डेभलपमेन्ट सेन्टरका अध्यक्ष्य प्रमुख प्रशिक्षक शिरोमणि दवाडीले समाजमा योग्य व्यक्तित्व निर्माण हुन् भन्ने अभिप्रायले तालिम अभियानलाई निरन्तरता दीएको जानकारी गराउनुभयो | उहाले यसै साताबाट पुन : नयाँ कक्षा सुरु हुने जानकारी समेत गराउनुभयो |
एक्सन डेभलपमेन्ट सेन्टरले बिगत १५ वर्षदेखी व्यक्तित्व बिकास,नेतृत्व बिकास,भाषण तथा उद्घोषणकला आदि बिषयमा तालिम संचालन गर्दै आएको छ |सुरुका १० बर्ष जनास मेडियाका नामबाट तालिम संचालन गर्दै आएकोमा ५ बर्ष अघिबाट दुवै संस्थालाई एकै नाममा आवद्ध गराई एक्सन डेभलपमेन्ट सेन्टरकै नाममा तालिम संचालन गर्दै आएको छ |कवच पत्रिका समेत यही सेन्टरको प्रकाशन हो |
- कवच संवाददाता, यदुनाथ गैरे
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
