Friday 6th March 2026

विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गर्दै समाजसेवी दोलखाली चेली सकुना श्रेष्ठ (मलेकु)

मंंसिर १८ दोलखा – समकालीन एकता समाज नेपालकी अध्यक्ष तथा समाजसेवी सकुना श्रेष्ठले भीमेश्वर नगरपालिकाको वडा नं. २ डिलढुङ्गास्थित फुलपा प्राथमिक बिद्यालय दोलखाका विद्यार्थीहरूलाई अत्यावश्यक शैक्षिक सामग्रीसहितको सहयोग प्रदान गरेकी छन् ।

समाजसेवी सकुना श्रेष्ठ स्वयम् सो विद्यालयमा उपस्थित भइ विद्यार्थीहरूका लागि अत्यावश्यक डायरी, स्टेशनरीका सामग्री र स्कुल ब्याग सहित विद्यालयका शिक्षकहरूरूा लागि आवश्यक शब्दकोष तथा विषयवस्तुसँग महत्वपूर्ण कुरा सहयोग गरेको जानकारी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री दाहालले दिएका छन् ।

दोलखाका हरेक विकट विद्यालय, समाज , भौगोलिक धरातल, संस्कृति र इतिहाससँग निकट रहेर सदैव जन्मस्थलको समुन्नत विकासका लागि कलम चलाइरहेका पत्रकार रमेश खड्काको बहुमुल्य सुझाव र समन्वयका साथ समाजसेवी सकुना श्रेष्ठ दोलखामा पुगेर सो विद्यालयका विद्यार्थीहरूरूा लागि सहयोग प्रदान गरेकी हुन् ।

सामग्री हस्तान्तरणको सिलसिलामा समाजसेवी सकुना श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक लगायत शिक्षकशिक्षिका र स्थानीय अभिभावकहरूकाे उपस्थितिमा विद्यार्थीहरूलाई सामग्री वितरण गर्दै आफू जहिले पनि दीनदुखी लगायत अनाथालय तथा दैवि प्रकोप र जैविक प्रकोप पीडितहरूरूलाई साथ सहयोग दिन हरदम तैयार भएको बताएकी छन् । साथै उनले जुनसुकै ठाउँमा अप्ठ्यारो परेको अवस्थामा सहयोग दिन पछि नहटेको बताउँदै स्वच्छ भावना र पारदर्शी ढंगले काम गर्ने गरेमा जो कोहीलाई पनि सहयोग जुटाइ दिनसकिन्छ भन्दै आफ्नो धारणा राखेकी छन् ।

विद्यायलय व्यवस्थापनका अध्यक्ष बद्री दाहालले समाजसेवी एवम् समकालीन एकता समाजकी अध्यक्ष तथा दोलखाली चेली हुनुका साथै गायन क्षेत्रमा समेत लगनशील रहेर भजन, सामाजिक गीत, मौलिक गीत गाएर दोलखाको लागि विशेष पहिचान दिलाउने व्यक्तित्वका धनी सकुना श्रेष्ठ स्वयम् उपस्थित भइ विद्यालय र विद्यार्थीको सामुन्ने उभिएर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । साथै उनलाई सो विद्यालयको प्राङ्गणसम्म पुगेर सहयोग दिइने कार्यमा साथ सहयोग जुटाइदिने पत्रकार रमेश खड्काप्रति पनि अध्यक्ष दाहालले आभार व्यक्त गरेका छन् ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...