Thursday 12th March 2026

लुम्बिनीविरुद्ध विराटनगरको सनसनीपूर्ण खेल, २ विकेटको जित

काठमाण्डाै | नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएकाे छ ।

लुम्बिनीले दिएकाे १ सय ९२ रनकाे लक्ष्य विराटनगरले अन्तिम बल बाँकी छँदा ८ विकेट गुमाएर भेटायाे । विराटनगरका लाेकेश बमले ७१ रन बनाए । यस्तै बसिर अहमदले ४०, मार्टिन गप्टिलले २८, क्रिस साेलले ४ बलमा नटआउट १४ रन बनाए । विराटनगरले २० अतिरिक्त रन पायो । लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । लुम्बिनीका कप्तान रोहित पौडेलले ४६, टस मूर्सले ३० रन बनाए । लुम्बिनीले २९ अतिरिक्त रन पायो । विराटनगरका कप्तान सन्दीप लामिछाने, इस्माल आलम र राजेश पुलामीले १/१ विकेट लिए । लुम्बिनीका ४ जना खेलाडी रनआउट भए ।

प्रतियाेगितामा विराटनगरकाे याे पहिलाे जीत हाे । विराटनगर यसअघि दुई वटा खेलमा पराजित भएकाे थियाे । लुम्बिनीकाे याे पहिलाे खेल हाे ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...