Wednesday 11th March 2026
नेपालगञ्जमा १० करोड खर्च गरेर हनुमानको मूर्ति बनाइदै
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले १० करोड भन्दा वढिको लागतमा हनुमानको मुर्ति निर्माण कार्य जारी रहेको जनाएको छ ।नेपालगञ्ज उपमहानगरपालिका–२ हनुमानगढीमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको हो।सिभिल इन्जिनियर सुरज शर्माका अनुसार १० करोड ११ लाख ५२ हजार ४ सय ९४ रुपैयाँ २९ पैसामा ठेक्का सम्झौता भई मूर्ति निर्माणको काम भइरहेको हो।
सन् २०२३ को १७ मार्चमा मूर्ति निर्माणको सम्झौता भएको थियो। जम्बुदिप कन्स्ट्रक्सन प्रालि बसुन्धरा काठमाडौंले दुई वर्षभित्र काम पूरा गर्ने गरी निर्माणको जिम्मा लिएर काम गरिरहेको छ।हालसम्म फाउन्डेसन र प्लेटफर्मको काम सकिएको छ। हनुमान मूर्तिको खुट्टाको पैंताला निर्माणको काम वर्षाअघि नै सकिएको उनले बताए।फाउन्डेसन लगायतको ठूलो काम सकिएको हुँदा अब मसिनो काम बाँकी रहेको र त्यो द्रुत गतिमा भइरहेको इञ्जिनियर शर्माले जानकारी दिए।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
