Friday 6th March 2026

यू–१९ एशिया कप : नेपालले अफगानिस्तानलाई १ विकेटले हरायो

काठमाण्डाै | १९ वर्षमुनिको पुरुष एशिया कप क्रिकेटमा नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सान्त्वना जीत हात पारेको छ ।

अफगानिस्तानले दिएको १ सय २४ रनको लक्ष्य नेपालले ४१ ओभर ३ बलमा ९ विकेट गुमाएर भेटायो । नेपालका नरेन साउदले २६, कप्तान हेमन्त धामीले नटआउट २२, अर्जुन कुमालले २१ रन बनाए । अफगानिस्तानका एएम घजनफर र खतिर स्टानिकजाईले ३/३ विकेट लिए ।

यसअघि यूएईको शारजाहमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ३५ ओभर ४ बलमा १ सय २३ रनमा अलआउट भयो । अफगानिस्तानका फैसल खानले सबैभन्दा धेरै ५२ रन बनाए । नेपालका उनिश ठकुरी र सन्तोष यादवले ३/३ विकेट लिए । यस्तै कप्तान हेमन्त धामी र अभिषेक तिवारीले २/२ विकेट लिए ।

१९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्कासँग र दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो । यस्तै अफगानिस्तान पहिलो खेलमा बङ्गलादेशसँग र दोस्रो खेलमा श्रीलङ्कासँग पराजित भएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...