कलमकोरको कविता वाचन शृंखला-१ सम्पन्न

ललितपूर । कलमकोरको साहित्यिक यात्रा कार्यक्रममा कविता वाचन शृंखला-१ शनिबार सम्पन्न भएको छकवि पुष्प राज केसी र कवि राजाराम राउतले कलमकोर कविता वाचन शृंखला-१ मा   दश दश कविता वाचन गरे ।कवि के.सीले समसामयिक विषयवस्तु र विकृति विरुद्ध बोलिएका कविता वाचन गरे । कवि राउतका कविता सर्वसाधारणका पीडा,दैनिकी र विद्रोही चेतका शनिबार  थिए ।कार्यक्रमको सहजीकरण विनोद खत्री ‘आकाश’ ले गरेका थिए ।