नारी स्रष्टा समाजद्धारा विभिन्न पुरस्कार वितरण

काठमाडौं । नारी स्रष्टा समाजको आयोजनामा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । उक्त कार्यक्रममा मोहनलता विशिष्ट सम्मान -२०८१ बाट राजेश खनाल,भीमलाला यशोदा स्रष्टा सम्मान -२०८१ बाट त्रिभुवनचन्द्र वाग्ले,कविराज कौशिला स्रष्टा सम्मान तथा पुरस्कार -२०८१ बाट रमेश सुवेदी,वर्ष पुस्तक मिलन समिर र मिलन समीरहरुका स्रष्टा मिलन समीरपुरस्कृत भए ।

कोेशी लघुकथा स्रष्टा सम्मान -२०८१ वाट रमेन्द्र कोइराला सम्मानित भए । राजेन्द्र हेमलता स्रष्टा सम्मान- २०८१ तथा पुरस्कारबाट पार्वती भट्ट,नारी स्रष्टा सम्मान -२०८१ बाट कमला पराजुली सम्मानित र पुरस्कृत भए । यसैगरी स्रष्टा सम्मान २०८१ -वाट सुमन थापा संगम,नीता श्रेष्ठ नित्यनुर,तारा केसी,मीरा काफ्ले पोखरेल ,सुनिता निरौला पौडेल,ऋषिका ढकाल लगायत सम्मानित भए ।

मोहनलता स्रष्टा सम्मान २०८१ -बाट श्याम स्मृत,पवनकुमार बुढाथोकी,शुक्रराज कुँवर,भानुप्रकाश जोशी,रोशन पराजुली,शम्भु अर्याल,नवराज पोखरेल नवशिला,अर्नव अर्याल लगायत सम्मानित भए । समाजकी अध्यक्ष ममता मृदुलको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रा.डा.सावित्री कक्षपति,श्रीओम श्रेष्ठ रोदन,प्रा.डा.गोविन्दमान सिह कार्की लगायतले गुनासो लघुकथासँग्रह र श्वेताम्बरा कवितासँग्रह सार्वजनिक गरे । रञ्जना पराजुलीले उक्त कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।