Wednesday 11th March 2026
कात्तिक नाच : बराह अवतार-हिरण्याक्ष वध मञ्चन
काठमाडाैं। ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत बुधबारराति बराह अवतार-हिरण्याक्ष वध मञ्चन गरिएको छ। प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार बुधबारराति बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको हो।
नाचमा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिएको छ ।
नाचका क्रममा इन्द्रले गरेका यज्ञमा बाधा पुर्याएपछि विष्णुको आह्वान गर्ने र विष्णुको स्वरुप बराह प्रकट भएर युद्ध चल्ने गर्दछ । आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्छन्। सो नाटकमा आफूसँग भएको शक्ति प्रदर्शन गर्न खोज्दा भाग्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसो नगर्न आम मानिसलाई सन्देश दिन खोजिएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।
विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ ।
कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । कार्तिक २१ गते भक्त सुरदास प्याखँ नाचबाट सुरु भएको कात्तिक नाच कार्तिक ३० गते वस्त्रहरण लिला नाचसंगै समापन हुने समितिले जनाएको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
