Thursday 12th March 2026

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ सम्पन्न

काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ समापन भएको छ ।

काठमाडौंको भद्रकालीमा गत २१ गतेदेखि महायज्ञसहित सुरु भएको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि आज समापन भएको हो ।

महायज्ञ समापनपछि अतिरूद्र विश्वकल्याण विराट महायज्ञका सदस्य सचिव भरत राज पौडेलले १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट सम्पूर्ण विधिपूर्वक महायज्ञको समापन गरिएको जानकारी गराए ।

उनले देशमा नकारात्मकता र अविश्वास बढिरहेको अवस्थामा सकारात्मकताको मूल फुटाउन महायज्ञले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

उनले भने,‘एक सय ११ वटा ब्राह्मण राखेर राष्ट्रको दिगो शान्ति विश्वको कल्याण र प्रत्यक व्यक्तिको आत्मकल्याणको लागि गरिएको यो महायज्ञ पहिलो हो । हामीले सम्पूर्ण विधिपूर्वक यज्ञ समापन गरेका छौं । देशमा जुन खालको नकारात्मकता बढ्यो अविश्वास बढ्यो त्यस्तो अवस्थामा सकारात्मकताको मूल फुटोस् मान्छेले मान्छेलाई प्रेम गर्न सकोस् भनेर यो यज्ञ हामीले गरेका हौं ।’

महायज्ञमा १,११,१११।– प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने व्यवस्था गरिएको थियो साथै कर्ताहरूलाई संस्थाको मानार्थ आजीवन सदस्यतासमेत प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।

फाउन्डेसनका अनुसार २१ गते स्वर्ण महोत्सवको उद्घाटन साथै सांस्कृतिक झाँकीसहित शोभा यात्रा गरिने, २२ गते वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, योग एवम ध्यान, हरेक साँझ भागवत कथासारसहित सन्त महात्माहरुबाट वैदिक प्रवचन साथै महर्षि महेश योगीबाट ध्यानीहरुलाई सम्मान लगायतका कार्यक्रम पनि राखिएको थियो  ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...