काठमाडौं । यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ शुक्रबारबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकिएको हो ।
छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि तराईका जिल्लाका विभिन्न नदी, तलाउ र पोखरीसँगै काठमाडौं उपत्यका लगायतका क्षेत्रका नदी नदी तलाउ र पोखरीमा रातभर जाग्राम बसी शक्रबार बिहान अर्घ्य दिएसँगै छठ सकिएको हो ।
छठको मुख्य दिन बिहीबार अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ्य दिएका भक्तजनले बिहीबार बिहान उदाउँदो सूर्यको पूजा आराधना गरेपछि छठ समापन भएको हो ।
बुधबार सरकारले देशभर सार्वजनिक बिदा दिएको थियो । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।
अब छठीमातालाई लगाइएको प्रसाद आफन्तजनकहाँ लैजाने परम्परा रहेको छ ।
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am
17th Apr 2025 , 5:53 am
12th Apr 2025 , 2:05 pm
11th Apr 2025 , 2:06 am
14th May 2019 , 9:38 am
10 hours ago
10th Jun 2025 , 4:01 am