Monday 25th May 2026
पोखरामा रवि समर्थकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार
काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण तवरले फसाउन खोजिएको दाबी आज पोखरामा प्रदर्शन गरिरहेका छन् । मंगलबार प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्यास प्रहार गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए। वाइचोकबाट प्रदर्शनकारी निषेधित क्षेत्र तोकिएको सहिदचोकतर्फ जान खोजेपछि प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको हो।
रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशीलगायतलाई मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।
कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धाका लागि दुई पटक म्याद थप गरिसकेको छ । तर, आज पनि अहिले अदालतमा म्याद थपका लागि अदालत लगिएको छ । यहीबीचमा समर्थक भने सडकमा भेला भएर उनको रिहाईको माग गर्दै सरकारमाथि दबाब बढाइरहेका हुन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
