Tuesday 20th January 2026

पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला, सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौं । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को अग्रिम टिकट बिक्री खुला भएको छ ।

लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोली) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरुले अग्रिम टिकट बिक्री खुला गरेका हुन् ।

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौं उपत्यकाभित्र यो फिल्मलाई पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ । काठमाडौंबाहिर २१ शो दिइएको छ ।

यस्तै,आईएनआई सिनेमाज्, बिग मुभिज, वान सिनेमाज्, एफक्युबलगायत काठमाडौँका अन्य प्रमुख मल्टिप्लेक्सहरूबाट यो फिल्मलाई उच्च शो दिएका छन् ।

आईएनआई सिनेमाजले ९ शो दिएको छ । त्यस्तै बिग मुभिज र एफक्युब सिनेमाजले फिल्मलाई ३–३ शो उपलब्ध गराएका छन् सीडीसी सिनेमाजले ५ शो दिएको छ । कतिपय हलले बुकिङ खुलाउने तयारी गरेका छन् ।

पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नव धनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत गर्छ ।

फिल्मका सार्वजनिक भएका टिजर, गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । फिल्मकर्मी र आम दशर्कले तारिफ गर्दै फिल्मबाट अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

अनुभवी कलाकारहरूको अभिनय रहेको पूर्ण बहादुरको सारंगीलाई चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ ।

आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्रप्रेमीदर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...