Thursday 12th March 2026

“धोविघाटको मेलोडी” सार्वजनिक

काठमाडौं । निबन्धकार एवं गीतकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोविघाटको मेलोडी’ सार्वजनिक भएको छ ।
ललितपूर उपमहानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन,प्रा.डा.दयाराम श्रेष्ठ,बरिष्ठ कवि डा. विष्णुविभु घिमिरे,बरिष्ठ नाटककार अशेष मल्ल,बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रम विच सार्वजनिक गरे ।


प्रमुख अतिथि महर्जनले धोविघाट आफ्नो जन्मथलो नजिक भएको बताउँदै त्यहाँको ढुँगे धाराको पानी पिएर आफु हुर्केको स्मरण गरे । उनले निबन्ध पढ्दा मज्जा आएको भन्दै निबन्धमा आफुलाई छोएका प्रसंगहरुको चर्चा गरे ।
निबन्धकार मुकुन्दराज शर्माले आफ्नो निबन्धका रचना गर्भ सुनाउँदै निबन्धको केही हरफ बाचन गरे।
अर्का बक्ता बरिष्ठ नाटककार अशेष मल्लले भावलाई शब्दमा अभिव्यक्त गर्न सिपालु निबन्धकार शर्माको पुस्तक पढेपछि चित्र हेरेजस्तो,संगीत सुने जस्तो,महाकाव्य पढेजस्तो अनुभूति गराएको बताए ।

यसैगरी गीतकार एवं कवि एसपी कोइरालाले शर्मालाई गीत लेख्न नछोड्न आग्रह गरे । उनले निबन्धहरु इमान्दारीता,बौद्धिकताको कसीमा घोटिएका भएको बताए ।
बरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले शर्माको लेखनीका पक्षहरुको बारेमा चर्चा गरे भने बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठले शर्माका निबन्धहरुमा मौलिकता हावी भएको बताउँदै नभनिकन धेरै भनिएको र आफ्नो जस्तो गरेर लोककै कुरा बोल्ने निबन्ध आएको बताए ।
कृतिबारे समीक्षात्मक टिप्पणी निबन्धकार कुमारी लामा र डा.दयाराम श्रेष्ठले गरेका थिए ।
निबन्धकारका दाजु एवं बरिष्ठ कलाकार हरिहर शर्माले स्वागत मन्तब्य व्यक्त गरे । पूर्वमन्त्री उमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायक पुष्प नेपालीले शर्माद्धारा रचित गीत गाएका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ सञ्चारकर्मी एवं कवि ठाकुर बेलवासेले गरेका थिए ।

यस कृतिलाई कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको हो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...