Sunday 6th September 2026
मिथिलाञ्चलमा ऐतिहासिक नाच लोप हुन थालेपछि स्थानीय कलाकार विदेश पलायन हुँदै
सप्तरी – मिथिलाञ्चलको इतिहास, संस्कृति तथा लोकगाथासँग जोडिएका ऐतिहासिक तथा प्राचीन लोकनाच दिन प्रतिदिन लोप हुन थालेको छ । ऐतिहासिक नाच लोप हुन थालेपछि कलाकारहरू पनि विदेश पलायन हुने क्रम बढे्को छ ।
मिथिला क्षेत्रको ऐतिहासिक तथा प्राचीन राजा सहलेस, शितवसन्त, रुनाझुना, जङ्गली बादशाह, गोपीचन्द कुँवर वृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रुदल, गुगलीघाट, समाचकेवा, कमलामैया, जयविसहरा, दुलहा दयालसिंहजस्ता नाचहरू लोप हुन थालेका हुन् ।
विगत चार दशकदेखि यस्तो नाच देखाउँदै आएका सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ का कलाकार बौयन रायले उहिले नाचको राम्रो माग भएकाले २० जना कलाकारलाई भेला गरी एउटा नाच कम्पनी बनाएको तर अहिले नाच लोप हुन थालेपछि कलाकारहरू नै रोजीरोटीका लागि विदेश पलायन हुनुपर्ने अवस्था आएको बताउनुभयो । २० वर्ष पहिले नाच देखाएरै वार्षिक १० लाख रुपैयाँ कमाउने गरेको उहाँको अनुभव छ । तर अहिले वार्षिक एक लाख रुपैयाँ पनि कमाइ नगरेको उहाँको भनाइ छ ।
कलाको सम्मान नहुनु, राज्यबाट यस्ता नाचको संरक्षण नहुनु, कलाकारलाई प्रोत्साहन नहुनुजस्ता कारणले ऐतिहासिक महत्त्वका यस्ता नाच लोप भइरहेका छन् ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
