Thursday 30th April 2026

बसन्तपुरमा एक हजार कलाकारको रोचक प्रस्तुती

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा धिमे बादन र नृत्यमा एक हजार कलाकारहरुको संयुक्त प्रदर्शन गरिएको छ । विश्व पर्यटन दिवस २०८१ को अवसर पारेर शनिवार आयोजना गरिएको कार्यक्रममा ३५० जना बाद्य कलाकारहरुले माजुदेगको सिँढीबाट बादन प्रस्तुत गरेका थिए ।

बादनमा मा धिमे (ठूलो धिमे) र धुन्याबाट कार्यक्रम सुरु भएको थियो । यसपछि चिगो (सानो धिमे), घौ, भुस्या, पोङ्गालगायत मौलिक बाजागाजाका बोलमा ६५० जना नृत्य कलाकारले गद्दी बैठक अगाडि र शिवपार्वती डवलीमा नृत्य गरेका थिए । बादन र नृत्यको सुदनमान मुनिकारले निर्देशन गरेका थिए ।

मुनिकारका अनुसार यस प्रस्तुतिमा ६ वर्ष उमेरदेखि ६५ वर्ष उमेरसम्मका कलाकार सहभागी थिए । यसका लागि उपत्यका बाहिर धरानदेखि पनि कलाकार आएका थिए ।

यससँगै झोछेँ प्रवेश मार्गतर्फ १२५ जना कलाकारले फ्युजन अर्केष्ट्रा प्रस्तुत गरेका थिए । स्थानीय खलपुचःका बाद्यबादन समूह, नेपाल प्रहरी संगीत विद्यालयको प्रहरी व्याण्ड, नेपाली सेनाको गुर्जु पल्टन, कुटुम्ब व्याण्ड, भ्याइलिन समूहसँगै पहिलो पटक दबदब समूहको अर्केष्ट्रामा बादन प्रस्तुत भएको थियो । बादनमा चर्या नृत्य, मयुर नृत्य, नेवारी नृत्य प्रस्तुत गरिएका थिए ।

काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा काठमाडौँ दरवार स्क्वायर पर्यटन प्रवर्धन संघले कार्यक्रम आयोजना गरेको थियो । विश्व पर्यटन दिवसको अवसरमा कार्यक्रम गर्न असोज ११ र १२ गते कार्यक्रमको तयारी थियो । अविरल वर्षाका कारण त्यस बेला रोकिएको कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।

सांस्कृतिक क्रियाकलापमार्फत पर्यटन प्रवर्धनको उद्देश्य राखेर आयोजना गरिएको कार्यक्रममा बादन, गायन र नृत्यसँगै हस्तकला तथा नेपाली उत्पादनका सामग्रीको प्रदर्शनी, मौलिक खानाका स्टलहरु राखिएका थिए ।

यसबेला वसन्तपुर घुम्न आउने पर्यटकलाई वग्गीमा राखेर घुमाइएको थियो । यस्तै औपचारिक कार्यक्रम अवसरमा आइपुगेका पर्यटकलाई अतिथिका रुपमा आसन ग्रहण गराएर नेपाली टोपीले स्वागत गरिएको थियो ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...