गजलामृत कार्यक्रम सम्पन्न

ललितपुर | २०८१ कार्तिक ३ गते शनिवारको दिन ललितपुर महालक्ष्मी नगरपालिका इमाडोलमा गजल बिशेष कार्यक्रम गजलामृत सम्पन्न भयो।

कार्यक्रमका आयोजक जुमन किरण र बालकृष्ण श्रेष्ठ प्रमुख सहयोगी लालित्य सिर्जना समाजका अध्यक्ष कबि बुद्धिमान महर्जन मिडिया सहयोगी नेपाली छाप्रो युट्युब च्यानलका संचालक अच्युत घिमिरे बुलबुल,  गजलकार गजलमाली ज्ञानुवाकर पौडेल , साहित्यकार संचारकर्मी धिरेन्द्र प्रेमर्षी धीरू, साहित्यकार दिव्य गिरी, साहित्यकार ध्रुव मधुकर्मी, गरी १४ जना गजलकार हरूले आफ्नो गजल वाचन तथा गायन  गरेका थिए ।   सानी बालिका रेवा राना मगरले पनि गजल गएको उक्त  कार्यक्रमको संचालन जुमन किरणले गरेकी थिईन |    आयोजक मध्यका   बालकृष्ण श्रेष्ठले सबैलाइ  धन्यवाद दिदै कार्यक्रमको समापन  गरेका थिए | उक्त  कार्यक्रम   सोलमारी रेष्ट्रो एण्ड मिटिङ्समा सम्पन्न भएको थियो। स्मरणीय छ  गजल बिशेष कार्यक्रम महालक्ष्मी नगरपालिका भित्र पहिलोपल्ट आयोजना भएको हो ।