Thursday 22nd January 2026
‘पूर्ण बहादुरको सारङ्गी’ को ट्रेलर सार्वजनिक
काठमाडौं । नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।तिहारको लक्ष्मीपूजाको दिन (कात्तिक १५ गते)बाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक गरिएको छ ।
बाबु र छोराबीचको सम्बन्धलाई मियो बनाएर फिल्मले जीविकोपार्जनका लागि गन्धर्व समुदायले गर्ने संघर्ष र त्यो समुदायले भोगेको विभेदको कथा उठाएको छ । ट्रेलरले अभिनेता विजय बरालले निभाएको पूर्णबहादुर पात्रलाई पछ्याउँछ, जसले छोरालाई शिक्षित बनाउने सपना देखेको छ । उनको छोराको भूमिका अभिनेता प्रकाश सपूतले निभाएका छन् । तर, ट्रेलरमा विजय बढी हावी छन् । उनको अभिनय मर्मस्पर्शी लाग्छ । उनलाई जवान र वृद्ध गरी दुई रुपमा देख्न सकिन्छ ।
पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रकाश सपुतसँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको फिल्मका निर्माता विनोद पौडेल र प्रतीक सुवेदी हुन् । फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दैछ । सोसल–ड्रामा जनरा निर्माण भएको फिल्मले गन्धर्व परिवारको कथामा आधारित रहेको छ ।
शाकाहारी अनमोल केसी
अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...
सामान्य ज्ञान
...
साई अवतार नेपालमा
साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...
धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )
१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...
आहार योग
आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि) आहार योग पनि योगको नै...
