काठमाडौं ।आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज मंगलबार दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्ति बाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माताभएकाले पार्वती नै स्कन्दमाताका नामले चिनिन्छ।
नवरात्रका नौ दिन घटस्थाप नागरिएको स्थलमादुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवत लगायत देवी स्तोत्र पाठसमेत गर्ने गरिन्छ । नवरात्रकाअवसरमा देवीको आराधना गरी पूजा गरेमाशक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विनशुक्ल प्रतिपदा देखि नवमी सम्म दुर्गा देवीको विशेष आराधनागर्छन् । नौ दिन सम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिन सम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।
नवरात्रको पहिलो दिनअसोज १७गते बिहीबार दशैं घर वापूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिनशुक्रबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिनशनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिनआइतबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँदिन सोमबार पनि चौथीतिथि वृद्धिभएकाले कुष्माण्डा देवीकै पूजाआराधनागरिएको थियो । नवरात्रको छैटौँदिनआजभने स्कन्दमाताको विधिपूर्वक पूजाआराधना गर्न लागिएको हो ।
दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिनब्रह्मचारिणी, तेस्रो दिनचन्द्रघण्टा, चौथो दिनकुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिनकात्यायनी, सातौँ दिनकालरात्री, आठौँ दिनमहागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यस वर्ष भने चौथीतिथि वृद्धिभई दुई दिनको सूर्योदय काल मातिथि परेको नेपालपञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यीनै नौ वटादुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।