Wednesday 11th March 2026

बिराजको ‘१२ गाउँ’ चलचित्र ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँ साब’सँग भिड्ने

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘१२ गाउँ’ले रिलिज डेट घोषणा गरेको छ । आज एक पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले असोज २४ गते सिनेमा रिलिज गर्ने घोषणा गरेको हो । 

अहिले चलचित्र प्रदर्शन हुन करिब एक हप्ता मात्र बाँकी छ, तर यसबीच चलचित्र ‘१२ गाउँ’ले ट्रेलर सार्वजनिक गर्दै युट्युबमा नेपालकै नम्बर १ ट्रेन्डिङमा प्रवेश गरिसकेको छ।

यसैक्रममा यस पटकको दसैँको फूलपाती अर्थात् असोज २४ गतेबाट तीन नेपाली फिल्म आउने पक्का भइसकेको छ । ‘छक्का पञ्जा ५’, ‘ज्वाइँ साप’ र ‘१२ गाउँ’ गरी तिन ठुला फिल्म एकै चोटि रिलिज हुँदैछन् । बहुप्रतिक्षित मानिएका तीन वटै फिल्म सँगै आउँदा, कसले बाजि मार्ला भन्ने चर्चा आमबिचमा चलेको छ ।

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा ५’ को दुई वटा गीत मात्रै सार्वजनिक भएका छन् । एक महिनाअघि सार्वजनिक ‘बिहे भाको छैन’ बोलको गीतले झन्डै ६० लाख जति भिजिटर बटुलेको छ भने पाँच दिनअघि सार्वजनिक गीत ‘ब्रेकअप’ले ३५ लाखभन्दा बढी भिजिटर बटुलेको छ । ‘छक्कापन्जा ५’ को टिजर र ट्रेलर भने रिलिज भएको छैन ।

त्यस्तै, ‘ज्वाइँ साब’का निर्देशक वसन्त निरौलाले भने भोली अर्थात् असोज १७ गते बिहीबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। अब दुवै चलचित्रका ट्रेलर हेर्न दर्शकहरूलाई केही समय पर्खिनुपर्ने देखिन्छ।

शाकाहारी अनमोल केसी

अभिनेता भूवन केसी पुत्र अनमोल केसी खासमा सादा जीवनशैली रुचाउँछन् । उनी न मदिरा...

सामान्य ज्ञान

                           ...

साई अवतार नेपालमा

साई अवतार नेपाली साई बाबा सृष्टिको सुरुवात संगै भगवान ब्रम्हा , विष्णु र महेश्वर...

धर्म,कला,संस्कृति र अध्यात्म सम्बन्धि ज्ञान माला (प्रश्नोत्तर )

१.तीनलोक अन्तर्गत कुनकुन लोक पर्दछन् ? २.आयुर्वेदका अनुसार तीन फल केके हुन् ? ३.तीन...

आहार योग

आहार योग (समाजसेवा विषयमा स्नातक तह अध्ययनरत विद्यार्थि)   आहार योग पनि योगको नै...

©2017 Kawach Online All Rights Reserved...